२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चौसठ्ठी जना दीर्घरोगीलाई मासिक रूपमा उपचार खर्च

१७ जेष्ठ २०८२, शुक्रबार १४:४२
काठमाडौँ । शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्षमा ६४ जना दीर्घरोगीलाई उपचार खर्च उपलब्ध गराएको छ ।
मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर, मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक रूपमा रु पाँच हजारका दरले उपचार खर्च उपलब्ध गराइएको नगर स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार क्यान्सर भएका ३९, डायलाइसिस गराइरहेका २१, मेरुदण्ड पक्षघात भएका तीन र मिर्गाैला प्रत्यारोपण गराई रहेका एकजना गरी ६४ जनालाई उपचार खर्च उपलब्ध गराइएको हो ।
दीर्घरोग भएका बिरामीको लामो समयसम्म औषधि उपचार गर्नुपर्ने र खर्चिलो हुने हुँदा आर्थिक भार कम गर्न शून्य मौज्दातमा बैङ्कमा खाता खोलेर त्यसैमार्फत मासिक रूपमा उपचार खर्च उपलब्ध गराइँदै आएको शाखा प्रमुख भट्टले बताउनुभयो । त्रैमासिक रूपमा महिनाको अन्तिम दिन उपचार खर्च रकम बैङ्क खातामा जम्मा गर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाबाट निवृत्तिभरण, पेन्सन प्राप्त गरिरहेका व्यक्तिलाई भने उपचार खर्च दिने गरिएको छैन । कार्यविधिअनुसार औषधि उपचार खर्च पाउनका लागि राष्ट्रिय परिचयपत्र नम्बर वा नागरिकताको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अनुसूची १ बमोजिमको ढाँचामा चिकित्सकको सिफारिस, अपाङ्गतासम्बन्धी रातो वा नीलो कार्डको प्रतिलिपिसहित वडा कार्यालयमा अनुसूची २ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने हुन्छ । वडाको सिफारिसअनुसार दीर्घरोगीलाई उपचार खर्च उपलब्ध गराउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन