१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा माइक्रोबसबाट खसेर महिलाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

१७ जेष्ठ २०८२, शुक्रबार १४:५४

काठमाडौँमा माइक्रोबसबाट खसेर महिलाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा लिएको छ ।

काठमाडौँको नागार्जुनमा माइक्रोबसबाट खसेर एक महिलाको ज्यान गएको छ। शुक्रबार बिहान नागार्जुन नगरपालिका–६ स्थित टेम्पो पार्क नजिकै सडकमै खसेर उनी गम्भीर घाइते भएकी थिइन्।

महानगरीय प्रहरी परिसर, काठमाडौँका अनुसार बा.प्र.०१–००२ ज ७०५७ नम्बरको माइक्रोबस महाँकालबाट सीतापाइलातर्फ आउँदै गर्दा कोपिला परियार नामकी ३८ वर्षीया महिला सो सवारी साधनबाट खसेकी हुन्। उपचारका क्रममा मनमोहन अस्पतालमा उनको मृत्यु भएको हो।

उदयपुरको कटारी नगरपालिका–७ स्थायी घर भई हाल नागार्जुन नगरपालिका–६ रामकोटमा बसोबास गर्दै आएकी परियारको घटनास्थलमा गम्भीर चोट लागेको थियो।

दुर्घटनापछि माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का