२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राससको तस्बिर प्रदर्शनीले नेपालका पर्यटकीय गन्तव्यको भ्रमण गर्न प्रेरित ग-योः भारतीय राजदूत

२०८२, १७ जेष्ठ शुक्रबार १५:०५
काठमाडौँ । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले राष्ट्रिय समाचार समिति (रासस) को तस्बिर प्रदर्शनीले नेपालका पर्यटकीय गन्तव्यहरुको भ्रमण गर्न आफूलाई प्रेरित गरेको बताउनुभएको छ ।
‘गणतन्त्र दिवस २०८२’ का अवसरमा राससले केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयको तस्बिर प्रदर्शनीको आज अवलोकन गर्दै राजदूत श्रीवास्तवले प्रदर्शित तस्बिरमा कुनै–कुनै स्थान आफूले घुमेको र प्रदर्शनी हेरिसकेपछि नेपालका अन्य भूभाग पनि घुम्न प्रेरित गरेको बताउनुभयो ।
“हिमाल र साहसिक गन्तव्यबारे गरिएको फोटो प्रदर्शनी धेरै महत्वपूर्ण छ,” राजदूत श्रीवास्तवले भन्नुभयो, “तस्बिरमध्ये केही–केही ठाउँहरु मैले घुमेको छु । यी तस्बिरले मलाई अझ नेपाल घुम्न प्रेरित ग¥यो ।” भारतीय राजदूत श्रीवास्तवले नेपालका हिमालहरु (सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल) समेटिएको तस्बिर प्रदर्शनी अत्यन्तै महत्वपूर्ण रहेको पनि बताउनुभयो । उहाँले तस्बिर प्रदर्शनीको माध्यमका आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत श्रीवास्तवले आफ्नो पहिलो पटक रासस भ्रमण भएको र यहाँ आएर फोटो प्रदर्शनीसहित राससको विविध सेवाबारे जानकारी लिन पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो मेरो पहिलो पटक राससको भ्रमण हो, महत्वपूर्ण प्रदर्शनीले पर्यटकलाई प्रोत्साहित गर्छ ।”
राजदूत श्रीवास्तवले रासस नेपालको स्थापित समाचार संस्था भएको उल्लेख गर्दै नेपालले भारतको पिटिआई, एएनआईलगायत विश्वका अन्य समाचार संस्थासँगको सहकार्यलाई अझ बलियो बनाएर लैजानुपर्ने धारणा राख्नुभयो । उहाँले दुई देशका सरकारी समाचार संस्थाहरुको सम्बन्ध बलियो बनाउँदै पत्रकारहरुबीचको सहकार्यलाई फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
त्यसअघि राजदूत श्रीवास्तवलाई राससका कार्यकारी अध्यक्ष धमेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, प्रधानसम्पादक उत्तम सिल्वाल लगायत राससकर्मीले स्वागत गर्नुभएको थियो ।
कार्यकारी अध्यक्ष झाले प्रदर्शित तस्बिरहरुको सङ्क्षिप्त रुपमा व्याख्या गर्नुभएको थियो । सर्वोच्च शिखर सगरमाथासहितका हिमाल, प्रसिद्ध हिमाली क्षेत्र र साहसिक गन्तव्यलाई समेटेर रासस केन्द्रीय कार्यालयमा यही जेठ ११ गतेदेखि तस्बिर प्रदर्शनी आयोजना गरिएको छ ।
राससका कार्यकारी अध्यक्ष झाले रासस कार्यालयमा आएर तस्बिरहरुको प्रदर्शनी अवलोकन गरेकामा राजदूत श्रीवास्तवलाई धन्यवादज्ञापन गर्नुभयो । उहाँले राससको विस्तारित समाचार सेवा, मिडिया सङ्ग्रहालय, समाचार कक्ष तथा पुस्तकालयको व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि आवश्यक सहकार्यबारे पनि राजदूतसँग कुराकानी गर्नुभएको थियो ।
अध्यक्ष झालेसमाचार उत्पादनसँगै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राससले देशका हिमाल–पर्वतलाई राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा प्रचारप्रसार गर्न तथा समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन