२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘बजेटले ईभीका विषयमा गरेको निर्णय ठिक हो यसमा म गर्व गर्छु’: अर्थमन्त्री विष्णु पौडेल

१७ जेष्ठ २०८२, शुक्रबार १५:४३

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीसाधन (ईभी) मा कर यथावत गर्ने निर्णयप्रति गर्व रहेको बताएका छन् ।

बिहीबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे आज शुक्रबार अर्थ मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले ईभी करबारेको निर्णयप्रति आफ्नो धारणा सुनाएका हुन् ।

यसपालि ईभीमा कर बढ्ने हल्ला बजेटभन्दा निकै अघिदेखि चलेको थियो । सोही कारण व्यापारीले ईभी आयात ह्वात्तै बढाएका थिए । ती सवारीसाधन अहिले भन्सारमा थन्केका छन् । बजार हल्ला विपरीत बजेटले ईभीमा कर नचलाएपछि उठेका प्रश्नमा जवाफ दिँदै अर्थमन्त्री पौडेलले भने, ‘बजेटले ईभीका विषयमा गरेको निर्णय ठिक हो भनेर म गर्व गर्छु ।’

ईभीको करमा उनले पुराना निर्णय हेर्नसमेत आग्रह गरे । ‘ईभीको विषयमा मैले थप केही भन्नु परेन, यसमा मैले यतिभन्दा हुन्छ कि नेपालमा ईभीका सन्दर्भमा कुन–कुन कार्यकालमा कस्ता–कस्ता निर्णय भए, कुन बजेटले के–के गर्‍यो भन्ने कुराको सूची फ्ल्यासब्याक गर्‍यो भने सबै कुरा थाहा भइहाल्छ,’ अर्थमन्त्री पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने