३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल एमेच्योर गल्फ मङ्गलबारदेखि

१७ जेष्ठ २०८२, शुक्रबार १६:३१
काठमाडौं ।  नेपाल गल्फ सङ्घको आयोजनामा ११औँ संस्करणको नेपाल एमेच्योर खुला गल्फ प्रतियोगिता यही जेठ २० गतेदेखि हुने भएको छ ।
यही जेठ २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता ५४ होलको हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष टासी घलेले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत पुरुषतर्फ दक्षिण एसियाका बङ्गलादेश, श्रीलङ्का, भूटान र भारतका खेलाडी सहभागी हुनेछन् । पुरुषतर्फ व्यक्तिगत र टिम  प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी, सोही प्रतियोगिताको महिलातर्फको स्पर्धामा भने आयोजक नेपाल र भारतका खेलाडीको मात्र सहभागिता रहनेछ । प्रतियोगितामा  ४५ पुरुष र  १० महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
वल्र्ड एमेच्योर गल्फ ¥याङिकद्वारा मान्यता प्राप्त उक्त प्रतियोगिताले नेपालका साथै दक्षिण एसियामा युवा विकास र एमेच्योर गल्फको विकासका लागि प्रतियोगिता महत्वपूर्ण हुने  अध्यक्ष घलेले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट