३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशबाट आयात हुने मदिरामा भन्सार दर परिमार्जन हुँदा स्वदेशी उद्योगी त्रसित

१७ जेष्ठ २०८२, शुक्रबार १७:२५

काठमाडौँ । सरकारले विदेशबाट आयात हुने मदिरामा भन्सार दर परिमार्जन गरेको छ । यसअघि विदेशबाट आयातित मदिरामा सामान्यतया प्रतिलिटर २ हजार रुपैयाँका दरले भन्सार लाग्ने गरेको थियो । त्यस्तै बियरमा प्रतिलिटर २ सय रुपैयाँ र वाइनमा ३ सय रुपैयाँ भन्सार लिने गरेको थियो ।

अब ह्विस्की, रम, ब्रान्डी, जिन, भोड्का लगायत तयारी मदिरामा सरकारले आयात मूल्यको शतप्रतिशत भन्सार दर लगाउने गरी आर्थिक विधेयक मार्फत संशोधन गरेको छ ।

विदेशबाट ठूलो मात्रामा ब्रान्डेड मदिरा नै आयात गर्दा पनि प्रतिलिटर ४-५ देखि १४-१५ अमेरिकी डलरसम्म पर्ने मदिरा उद्योगी तथा आयातकर्ता बताउँछन । अनलाइन सपिङ प्लेटफर्महरूमा सार्वजनिक तथ्यांक हेर्दा कुनै-कुनै ब्रान्डका हकमा त्यो कुरा पुष्टि हुन्छ । उदाहरणका लागि होलसेलरहरूका लागि भ्याट सिक्स्टी नाइन ह्विस्की एक लिटरको फ्याक्ट्री मूल्य ४.८५ डलर सम्ममा पाइने गरेको देखिन्छ ।

त्यस्तै रेड लेबल ह्विस्कीको एफओबी मूल्य (आयातकर्तालाई पर्ने बिजक मूल्य) १० डलर हाराहारी पर्ने देखिन्छ । एब्सोलुट भोड्काको पनि त्यस्तै हाराहारी एफओबी मूल्य देखिन्छ । तर, कुन ठाउँबाट कुन देशमा डेलिभरी गर्ने हो, त्यसका आधारमा मूल्य तह हुने गर्छ । साथै, यसरी प्रतिशतमा कर लगाउँदा सस्तो मूल्यका विदेशी मदिरा सस्तो हुने मदिरा उत्पादक रवि केसी बताउँछन् । नेपालमा विदेशी मदिर आयात बढ्ये भने स्वदेशी उद्योगलाई समस्या पर्ने उनको भनाइ छ । त्यस्तै शारडा ग्रुपका निर्देशक गौरव शारडा पनि सरकारले मदिराको भन्सार दर परिवर्तन गर्नुअघि पर्याप्त अध्ययन नगरेको बताउँछन् ।

खासगरी विदेशबाट आयात हुने मध्यमस्तरका मदिरा रेड लेबल, भ्याट सिक्स्टी नाइन, एब्सोलुट भोड्का लगायतमा भन्सार घट्ने तर प्रिमियम मदिरामा बढ्ने उनी बताउँछन् । ‘नेपाली उद्योगका उत्पादनसँग प्रतिस्पर्धा गर्ने ब्रान्डमा भन्सार दर घट्ने देखिएको छ । यो त्यति मिलेको देखिँदैन,’ उनी भन्छन् । त्यस्तै वाइन र बियरमा नयाँ भन्सारले शतप्रतिशत जति मूल्य बढ्न सक्ने पनि उनी बताउँछन् । त्यस्तै कच्चापदार्थका रूपमा रहने स्पिरिटमा भन्सार दर परिवर्तन गरेर ३० प्रतिशतमा झार्नु गलत भएको उनी बताउँछन् ।

सरकारको यो नीतिले स्पिरिटमा करिब आत्मनिर्भर भइसकेको नेपाललाई धक्का लाग्ने उनी बताउँछन् । ‘नेपालका मदिरा उद्योगले करिब ९५ प्रतिशत स्पिरिट नेपालमै उत्पादन भएको प्रयोग गर्छन् । अब भन्सार सस्तो भई भारतबाट भित्रिने सम्भावना धेरै छ,’ उनी भन्छन् ।

स्पिरिटमा यसअघि प्रतिलिटर ६० रुपैयाँ भन्सार थियो । ‘स्पिरिटको मूल्य सामान्यतया १ सय रुपैयाँ प्रतिलिटर हुने हुनाले ६० प्रतिशत भन्सार हुन आउँथ्यो । तर, अब ३० प्रतिशत मात्रै लाग्ने भयो,’ उनी भन्छन् । यो नीति ल्याउनुअघि पर्याप्त अध्ययन गरेको नदेखिने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट