२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रजातान्त्रिक मूल्य मान्यताका लागि फेरि सङ्घर्ष गर्नुपर्ने

१७ जेष्ठ २०८२, शुक्रबार १८:०६

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रजातान्त्रिक संस्कार र मूल्य मान्यता स्थापित गर्न फेरि सङ्घर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घ बागमती प्रदेश कार्यसमितिले आज यहाँ आयोजना गरेको सम्मान एवं प्रजातन्त्र सेनानी तुलसीनारायण खमु श्रेष्ठको ‘जीवनगाथा’ नामक पुस्तक लोकार्पण गर्दै उहाँले प्रजातान्त्रिक संस्कारका विषयमा बोल्दा खोट देखाउन खोजिनु गलत भएको बताउनुभयो ।

“बिपी, गणेशमान र कृष्णप्रसादको आचरणलाई फेरि हामीले कांग्रेसमा पुनस्र्थापना गराउनुपर्ने आवश्यकता छ,” नेता कोइरालाले भन्नुभयो । कांग्रेस सरकारमा भए पनि गलत कुराको विरोध गर्न नसके लोकतन्त्र सुरक्षित हुन नसक्ने उहाँको भनाइ छ ।

गलत कुराको विरोध गर्न नसक्नेहरु बिपीको अनुयायी हुन नसक्ने बताउँदै उहाँले गलत कुरा टुलुटुलु हेरेर बस्नेहरू दास मानसिकताको उपज भएको उल्लेख गर्नुभयो । आचरण लोकतान्त्रिक गणतन्त्रात्मक नभएकैले अहिले राजावादीलगायत विभिन्न नाममा आन्दोलन भइरहेकाले लोकतान्त्रिक मूल्य मान्यताका आचरण अनुसरण गरी यो अवस्थालाई सुधार गर्न सकिने नेता कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ