३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजदूत नेपालद्वारा माल्टाका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

१८ जेष्ठ २०८२, शनिबार ११:४०

काठमाडौँ | स्पेनका लागि नेपाली राजदूत तथा माल्टाका लागि गैर आवासीय नेपाली राजदूत शनिल नेपालले माल्टाका राष्ट्रपति मायरीयम स्पिटेरी देबोनोसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

बिहीबार माल्टाको राजधानी भ्यालेत्तास्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका बीच राजदूत नेपालले राष्ट्रपति देबोनोसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो । सो अवसरमा राजदूत नेपालले राष्ट्रपति देबोनोसँग शिष्टाचार भेट गर्नुभएको थियो । भेटमा नेपाल र माल्टाबीचको द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, सहयोग अभिवृद्धि र सहकार्यका सम्भावनालगायत विषयमा छलफल भएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश सुनाउँदै नेपाल सरकार र नेपाली जनताको तर्फबाट माल्टा सरकार तथा जनताप्रति सद्भाव प्रकट गर्नुभएको थियोे । उहाँले नेपाल र माल्टा दुवै मुलुक पर्यटनका लागि सम्भावनायुक्त भएकाले जलवायु परिवर्तनका कारण देखा परेका असर र चुनौतीजस्ता साझा मुद्दामा आपसी सहयोग र सहकार्यको आवश्यकतामा जोड दिनुभएको थियोे ।

शैक्षिक, पर्यटन र व्यापारलगायतका क्षेत्रमा सहकार्यका साथै नेपालमा माल्टाको दूतावास स्थापनाका लागि राष्ट्रपतिसमक्ष आग्रह गरिएको राजदूत नेपालले राससलाई जानकारी दिनुभयो ।

सो अवसरमा राजदूत नेपाललाई बधाई दिँदै राष्ट्रपति देबोनोले सफल कार्यकालको शुभकामना समेत दिनुभएको थियो । उहाँले माल्टामा बसोबास गर्दै आएका नेपालीको मेहनत, परिश्रम र योगदानको प्रशंसा गर्दै माल्टावासी नेपालीको हितका लागि माल्टामा कन्सुलर कार्यालय स्थापना गर्न आग्रह गर्नुभएको राजदूत नेपालले बताउनुभयो ।

राष्ट्रपति देबोनोले दुई मुलुकबीच सांस्कृतिक तथा शैक्षिक आदानप्रदानलाई प्रोत्साहन गर्न सकिने उल्लेख गर्दै सन् २०२६ मा हुने माल्टा बिएन्नाले कार्यक्रममा सहभागिताको लागि नेपाललाई औपचारिक निमन्त्रणा समेत दिनुभएको उहाँले बताउनुभयो ।

उक्त समारोहमा राष्ट्रपतिको कार्यालयका अधिकारीहरू, विदेश मन्त्रालयका अधिकारीहरूका साथै नेपाली दूतावासका उच्चअधिकारीको उपस्थिति रहेको दूतावासले जनाएको छ । पछिल्लो समय माल्टा नेपाली श्रमिकको लागि आकर्षक श्रम गन्तव्य मुलुक बनेको छ । माल्टामा नेपालीको सङ्ख्या यकिन नभए पनि १० हजारको हाराहारीमा नेपाली रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट