२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजदूत नेपालद्वारा माल्टाका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

२०८२, १८ जेष्ठ शनिबार ११:४०

काठमाडौँ | स्पेनका लागि नेपाली राजदूत तथा माल्टाका लागि गैर आवासीय नेपाली राजदूत शनिल नेपालले माल्टाका राष्ट्रपति मायरीयम स्पिटेरी देबोनोसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

बिहीबार माल्टाको राजधानी भ्यालेत्तास्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका बीच राजदूत नेपालले राष्ट्रपति देबोनोसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो । सो अवसरमा राजदूत नेपालले राष्ट्रपति देबोनोसँग शिष्टाचार भेट गर्नुभएको थियो । भेटमा नेपाल र माल्टाबीचको द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, सहयोग अभिवृद्धि र सहकार्यका सम्भावनालगायत विषयमा छलफल भएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश सुनाउँदै नेपाल सरकार र नेपाली जनताको तर्फबाट माल्टा सरकार तथा जनताप्रति सद्भाव प्रकट गर्नुभएको थियोे । उहाँले नेपाल र माल्टा दुवै मुलुक पर्यटनका लागि सम्भावनायुक्त भएकाले जलवायु परिवर्तनका कारण देखा परेका असर र चुनौतीजस्ता साझा मुद्दामा आपसी सहयोग र सहकार्यको आवश्यकतामा जोड दिनुभएको थियोे ।

शैक्षिक, पर्यटन र व्यापारलगायतका क्षेत्रमा सहकार्यका साथै नेपालमा माल्टाको दूतावास स्थापनाका लागि राष्ट्रपतिसमक्ष आग्रह गरिएको राजदूत नेपालले राससलाई जानकारी दिनुभयो ।

सो अवसरमा राजदूत नेपाललाई बधाई दिँदै राष्ट्रपति देबोनोले सफल कार्यकालको शुभकामना समेत दिनुभएको थियो । उहाँले माल्टामा बसोबास गर्दै आएका नेपालीको मेहनत, परिश्रम र योगदानको प्रशंसा गर्दै माल्टावासी नेपालीको हितका लागि माल्टामा कन्सुलर कार्यालय स्थापना गर्न आग्रह गर्नुभएको राजदूत नेपालले बताउनुभयो ।

राष्ट्रपति देबोनोले दुई मुलुकबीच सांस्कृतिक तथा शैक्षिक आदानप्रदानलाई प्रोत्साहन गर्न सकिने उल्लेख गर्दै सन् २०२६ मा हुने माल्टा बिएन्नाले कार्यक्रममा सहभागिताको लागि नेपाललाई औपचारिक निमन्त्रणा समेत दिनुभएको उहाँले बताउनुभयो ।

उक्त समारोहमा राष्ट्रपतिको कार्यालयका अधिकारीहरू, विदेश मन्त्रालयका अधिकारीहरूका साथै नेपाली दूतावासका उच्चअधिकारीको उपस्थिति रहेको दूतावासले जनाएको छ । पछिल्लो समय माल्टा नेपाली श्रमिकको लागि आकर्षक श्रम गन्तव्य मुलुक बनेको छ । माल्टामा नेपालीको सङ्ख्या यकिन नभए पनि १० हजारको हाराहारीमा नेपाली रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन