२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आकस्मिक घटना व्यवस्थापनका लागि विद्यार्थी र स्थानीयलाई कृतिम अभ्यास

२०८२, १८ जेष्ठ शनिबार ११:५२

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले विद्यालयका छात्रछात्रा र स्थानीयवासीलाई आकस्मिक घटना व्यवस्थापनका लागि कृतिम अभ्यास गराइएको छ ।

कामपा वडा नम्बर ३० ले आकस्मिक घटना व्यवस्थापनका लागि कृतिम अभ्यास गराइएको वडाध्यक्ष दलबहादुर कार्की जानकारी दिनुभयो । ग्यालेक्सी स्कूलको छात्रावासमा रहेका छात्रछात्रा र वडावासीका लागि भूकम्प र आगलागीका कृतिम घटनामा व्यक्तिको भूमिका, गर्नुपर्ने काम, कामका लागि समूह निर्माण, सञ्चार, खोज तथा उद्धार र सुरक्षित रहने ठाउँको पहिचानको अभ्यास गराइएको हो ।

आकस्मिक घटनामा विज्ञ खोज्न थाल्दा पनि र उद्धारका क्रममा गलत अभ्यास गरियो भने पनि, यी दुवै अवस्थामा बचाउन सकिने ज्यान पनि गुम्न सक्छ । यसकारण यस्ता घटनामा कसको के भूमिका हुन्छ र आपसी काम कसरी गर्नुपर्छ भन्ने ज्ञान दिनका लागि अध्यास आयोजना गरिएको वडाध्यक्ष कार्कीको भनाइ छ ।

तत्काल आइलाग्ने घटनाको नजिक हुने व्यक्तिबाहेक छिटो सहयोग अरूले गर्नै सक्दैन । सकेसम्म सहयोग गर्न सक्ने, सहयोग गर्न नसके पनि अज्ञानताका कारण थप जोखिम हुन नदिने अवस्थाका लागि समुदायस्तरका कार्यक्रमलाई निरन्तरता दिइएको वडासदस्य मनोज डङ्गोलले बताउनुभयो ।

“आपत्कालमा व्यक्तिले होइन, संयन्त्रले काम गर्नुपर्छ । व्यक्तिले गरेको प्रयत्न कमजोर र अपुग हुनसक्छ । यो सन्देश प्रवाह गर्न आवश्यक छ”, वडा सचिव देवराज जोशीले भन्नुभयो, “टोलभित्रै विपद् व्यवस्थापनको पहिलो काम गर्ने संयन्त्र गर्ने प्रणालीको विकास गर्न खोजेका छौँ ।”

अभ्यासको क्रममा भूकम्प र आगालागीजस्ता विपत्को समयका गर्नुपर्ने कामपाको बारेमा जानकारी गराइएको थियो । आगलागी नियन्त्रणबारे अभ्यास गरियो । आगोको प्रकार चिन्ने, प्रारम्भिक अवस्थामा आगलागी नियन्त्रण गर्न आफू नजिक भएका वस्तु सामग्रीको प्रयोग गर्ने, फायर इस्टिङ्गङवीसरको प्रकार, प्रकृतिअनुसार फायर इस्टिङ्ग्वीसरको प्रयोग छनोट, प्रयोग विधिको सिद्धान्तलाई अभ्यास गराइएको थियो ।

वडाले स्टार सेफ्टीसँगको सहकार्यका तालिम पनि आयोजना गरेको थियो । तालिमका प्रशिक्षक उमेशजङ्ग रायमाझीले, घरमा ग्यास ल्याउँदा गुडाएर नल्याउन, गुडाएर ल्याएको भए आधा घण्टासम्म रेगुलेटर नजोड्न, लाइटर बालेर ग्यास लिक गएको परीक्षण नगर्न, ग्यास सकियो भनेर सिलिण्डर लडाएर प्रयोग नगर्न सुझाव दिनुभयो ।

नयाँ ग्यास जोड्नु अघि लिकेज थाहा पाउन पानीको थोपा राखेर हेर्दा पानीमा फोका देखियो भने लिक भएको थाहा पाउन सकिने रायमाझीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन