२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आकस्मिक घटना व्यवस्थापनका लागि विद्यार्थी र स्थानीयलाई कृतिम अभ्यास

१८ जेष्ठ २०८२, शनिबार ११:५२

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले विद्यालयका छात्रछात्रा र स्थानीयवासीलाई आकस्मिक घटना व्यवस्थापनका लागि कृतिम अभ्यास गराइएको छ ।

कामपा वडा नम्बर ३० ले आकस्मिक घटना व्यवस्थापनका लागि कृतिम अभ्यास गराइएको वडाध्यक्ष दलबहादुर कार्की जानकारी दिनुभयो । ग्यालेक्सी स्कूलको छात्रावासमा रहेका छात्रछात्रा र वडावासीका लागि भूकम्प र आगलागीका कृतिम घटनामा व्यक्तिको भूमिका, गर्नुपर्ने काम, कामका लागि समूह निर्माण, सञ्चार, खोज तथा उद्धार र सुरक्षित रहने ठाउँको पहिचानको अभ्यास गराइएको हो ।

आकस्मिक घटनामा विज्ञ खोज्न थाल्दा पनि र उद्धारका क्रममा गलत अभ्यास गरियो भने पनि, यी दुवै अवस्थामा बचाउन सकिने ज्यान पनि गुम्न सक्छ । यसकारण यस्ता घटनामा कसको के भूमिका हुन्छ र आपसी काम कसरी गर्नुपर्छ भन्ने ज्ञान दिनका लागि अध्यास आयोजना गरिएको वडाध्यक्ष कार्कीको भनाइ छ ।

तत्काल आइलाग्ने घटनाको नजिक हुने व्यक्तिबाहेक छिटो सहयोग अरूले गर्नै सक्दैन । सकेसम्म सहयोग गर्न सक्ने, सहयोग गर्न नसके पनि अज्ञानताका कारण थप जोखिम हुन नदिने अवस्थाका लागि समुदायस्तरका कार्यक्रमलाई निरन्तरता दिइएको वडासदस्य मनोज डङ्गोलले बताउनुभयो ।

“आपत्कालमा व्यक्तिले होइन, संयन्त्रले काम गर्नुपर्छ । व्यक्तिले गरेको प्रयत्न कमजोर र अपुग हुनसक्छ । यो सन्देश प्रवाह गर्न आवश्यक छ”, वडा सचिव देवराज जोशीले भन्नुभयो, “टोलभित्रै विपद् व्यवस्थापनको पहिलो काम गर्ने संयन्त्र गर्ने प्रणालीको विकास गर्न खोजेका छौँ ।”

अभ्यासको क्रममा भूकम्प र आगालागीजस्ता विपत्को समयका गर्नुपर्ने कामपाको बारेमा जानकारी गराइएको थियो । आगलागी नियन्त्रणबारे अभ्यास गरियो । आगोको प्रकार चिन्ने, प्रारम्भिक अवस्थामा आगलागी नियन्त्रण गर्न आफू नजिक भएका वस्तु सामग्रीको प्रयोग गर्ने, फायर इस्टिङ्गङवीसरको प्रकार, प्रकृतिअनुसार फायर इस्टिङ्ग्वीसरको प्रयोग छनोट, प्रयोग विधिको सिद्धान्तलाई अभ्यास गराइएको थियो ।

वडाले स्टार सेफ्टीसँगको सहकार्यका तालिम पनि आयोजना गरेको थियो । तालिमका प्रशिक्षक उमेशजङ्ग रायमाझीले, घरमा ग्यास ल्याउँदा गुडाएर नल्याउन, गुडाएर ल्याएको भए आधा घण्टासम्म रेगुलेटर नजोड्न, लाइटर बालेर ग्यास लिक गएको परीक्षण नगर्न, ग्यास सकियो भनेर सिलिण्डर लडाएर प्रयोग नगर्न सुझाव दिनुभयो ।

नयाँ ग्यास जोड्नु अघि लिकेज थाहा पाउन पानीको थोपा राखेर हेर्दा पानीमा फोका देखियो भने लिक भएको थाहा पाउन सकिने रायमाझीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ