२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा तोडफोड गर्ने नेविसंघका विद्यार्थीमाथि कारबाही प्रक्रिया सुरु

२०८२, १९ जेष्ठ आईतवार १५:०८

काठमाडौँ | त्रिभुवन विश्वविद्यालयमा चार दिनअघि उपकुलपति प्रा. खड्ग केसी र शिक्षाध्यक्ष प्रा. दुविनन्द ढकालको कार्यकक्षमा भएको तोडफोड तथा तालाबन्दी घटनामा संलग्न नेविसंघका विद्यार्थीहरूविरुद्ध कानूनी कारबाही सुरु गरिएको छ।

त्रिवि रजिष्ट्रारको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै जेठ १४ गते भएको घटनामा संलग्न व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गरिने तथा विश्वविद्यालयको भौतिक सम्पत्तिमा भएको क्षतिको क्षतिपूर्ति भराउन कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको हो।

सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख लिल्ली थापा क्षेत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वविद्यालयका केन्द्रीय पदाधिकारीहरूमाथि फोनमार्फत धम्की दिनु, सामाजिक सञ्जालमार्फत चरित्र हत्या प्रयास गर्नु र प्रत्यक्षरूपमा आक्रमण गर्ने उद्देश्यसहित २०–२५ जनाको समूहले उपकुलपतिको कार्यालयमा प्रवेश गरी सचिवालय तोडफोड गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा यस्ता घटनाले त्रिविको अन्तर्राष्ट्रिय साखमा नकारात्मक असर परेको र शैक्षिक संस्था भित्र बढ्दो असहिष्णुता तथा उच्छृंखल व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। त्रिवि प्रशासनले यस्ता कार्यलाई उन्मुक्ति नदिने स्पष्ट गर्दै कारबाहीका लागि सरकार, नागरिक समाज तथा सरोकारवाला सबै पक्षसँग सहयोगको आग्रह पनि गरेको छ।

यता, शैक्षिक क्यालेण्डर अनुसार त्रिविले स्नातक तहको प्रथम वर्षको परीक्षा असारभित्र गराउने तयारी गरिरहेको छ र त्यसअनुसार परीक्षा फारम समेत खुलाइएको छ। तर, नेविसंघका कार्यकर्ताले यो बेला नयाँ विद्यार्थी भर्ना लिन दबाब दिइरहेका छन्।

उपकुलपति प्रा. केसी र शिक्षाध्यक्ष ढकालको भनाइमा, शैक्षिक क्यालेण्डरअनुसार नै अघि बढ्ने अडानमा विश्वविद्यालय अडिग छ। उपकुलपति केसीका अनुसार, अवाञ्छित गतिविधिसँग झुकेर विश्वविद्यालयको शैक्षिक अनुशासन र क्यालेण्डर प्रभावित हुन दिइने छैन।

तोडफोड र तालाबन्दी घटनामा शंकरदेव क्याम्पस, भक्तपुर क्याम्पसलगायत १९ वटा क्याम्पसका नेविसंघ कार्यकर्ता संलग्न रहेको जनाइएको छ। उनीहरूले स्ववियु निर्वाचनपछि भर्ना हुन पाउने अधिकार पहिलेदेखि कायम रहेको दाबी गर्दै आन्दोलन चर्काएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण