३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा तोडफोड गर्ने नेविसंघका विद्यार्थीमाथि कारबाही प्रक्रिया सुरु

१९ जेष्ठ २०८२, आईतवार १५:०८

काठमाडौँ | त्रिभुवन विश्वविद्यालयमा चार दिनअघि उपकुलपति प्रा. खड्ग केसी र शिक्षाध्यक्ष प्रा. दुविनन्द ढकालको कार्यकक्षमा भएको तोडफोड तथा तालाबन्दी घटनामा संलग्न नेविसंघका विद्यार्थीहरूविरुद्ध कानूनी कारबाही सुरु गरिएको छ।

त्रिवि रजिष्ट्रारको कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै जेठ १४ गते भएको घटनामा संलग्न व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गरिने तथा विश्वविद्यालयको भौतिक सम्पत्तिमा भएको क्षतिको क्षतिपूर्ति भराउन कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको हो।

सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख लिल्ली थापा क्षेत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वविद्यालयका केन्द्रीय पदाधिकारीहरूमाथि फोनमार्फत धम्की दिनु, सामाजिक सञ्जालमार्फत चरित्र हत्या प्रयास गर्नु र प्रत्यक्षरूपमा आक्रमण गर्ने उद्देश्यसहित २०–२५ जनाको समूहले उपकुलपतिको कार्यालयमा प्रवेश गरी सचिवालय तोडफोड गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा यस्ता घटनाले त्रिविको अन्तर्राष्ट्रिय साखमा नकारात्मक असर परेको र शैक्षिक संस्था भित्र बढ्दो असहिष्णुता तथा उच्छृंखल व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। त्रिवि प्रशासनले यस्ता कार्यलाई उन्मुक्ति नदिने स्पष्ट गर्दै कारबाहीका लागि सरकार, नागरिक समाज तथा सरोकारवाला सबै पक्षसँग सहयोगको आग्रह पनि गरेको छ।

यता, शैक्षिक क्यालेण्डर अनुसार त्रिविले स्नातक तहको प्रथम वर्षको परीक्षा असारभित्र गराउने तयारी गरिरहेको छ र त्यसअनुसार परीक्षा फारम समेत खुलाइएको छ। तर, नेविसंघका कार्यकर्ताले यो बेला नयाँ विद्यार्थी भर्ना लिन दबाब दिइरहेका छन्।

उपकुलपति प्रा. केसी र शिक्षाध्यक्ष ढकालको भनाइमा, शैक्षिक क्यालेण्डरअनुसार नै अघि बढ्ने अडानमा विश्वविद्यालय अडिग छ। उपकुलपति केसीका अनुसार, अवाञ्छित गतिविधिसँग झुकेर विश्वविद्यालयको शैक्षिक अनुशासन र क्यालेण्डर प्रभावित हुन दिइने छैन।

तोडफोड र तालाबन्दी घटनामा शंकरदेव क्याम्पस, भक्तपुर क्याम्पसलगायत १९ वटा क्याम्पसका नेविसंघ कार्यकर्ता संलग्न रहेको जनाइएको छ। उनीहरूले स्ववियु निर्वाचनपछि भर्ना हुन पाउने अधिकार पहिलेदेखि कायम रहेको दाबी गर्दै आन्दोलन चर्काएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही