२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निषेधित क्षेत्र तोड्ने योजना नरहेको तर प्रहरीले अनावश्यक नियन्त्रण गर्न खोजे प्रतिकार गर्ने : राजेन्द्र लिङदेन

२०८२, १९ जेष्ठ आईतवार १५:३२

काठमाडौँ | राजावादी मोर्चाको आन्दोलन आज काठमाडौँको नारायणचौरमा सुरु भएको छ । यहाँबाट प्रधानमन्त्री निवास बालुवाटारतिर सोझिने तयारी आन्दोलकारीले गरेका छन् । नारायण चौरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले निषेधित क्षेत्र तोड्ने योजना नरहेको तर प्रहरीले अनावश्यक नियन्त्रण गर्न खोजे प्रतिकार गर्ने बताए ।

उनले भने, ‘एउटा जिम्मेवार नेतृत्वको हिसाबले मैले भनिराखेको छु, हामीले आजै निषेधित क्षेत्र तोडिहाल्ने कुनै योजना बनाएका छैनौं । तर, तपाईंहरुले कान खोलेर सुन्नुस, तपाईंहरुले जहाँ भन्यो, त्यहाँ जाने यताबाट हिँड उताबाट हिँड् भनेर नियन्त्रण गर्न खोज्नुभयो भने हामी मान्दैनौं ।  प्रशासनबाट आदेश आउनुपर्ने हो कि, यहाँको कमाण्ड गरिराखेकोले निर्णय लिने हो कि, गृहमन्त्रीलाई सोध्नुपर्ने हो कि प्रधानमन्त्रीलाई सोध्नुपर्ने हो सोध्नुस् । हामी कुनै पनि प्रकारको मुठभेड चाहँदैनौं । तर तपाईंले तोकेको निषेधित क्षेत्रसम्म जान चाहन्छौं । कम्तिमा हिजो गएको ठाउँसम्म हामीले जान पाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन