१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिरासतबाट छुटेपछि कमल थापा भन्छन्:हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको संकल्प अझै सुदृढ भयो

२० जेष्ठ २०८२, सोमबार ०९:३६

काठमाडौँ । हिरासतबाट छुटेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई व्य‌ंग्यात्मक धन्यवाद दिएका छन्।

आइतबार राति प्रहरीको हिरासतबाट छुटेका उनले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्यवाद प्रम केपी ओली र गृहमन्त्री रमेश लेखकज्यू, तपाईंहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति।’ उनले निषेधित क्षेत्र नतोडेको दाबी पनि गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ।’ दमन र निषेधले विचार नमर्ने उल्लेख गर्दै अध्यक्ष थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको संकल्प अझै सुदृढ भएको दाबी पनि गरेका छन्।

आइतबार दिउँसो राजा माग्दै प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले काठमाडौँको नारायणचौरबाट राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपा सांसद दीपक सिंहसहित ८ जनालाई नियन्त्रणमा लिएको थियो।

एकजना डा. राजीव झालाई भने अझै हिरासतमै राखिएको छ। झाले रक्सी खाएर प्रदर्शनका क्रममा अपशब्दसमेत बोलेकाले नियन्त्रणमै राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का