२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राजावादीहरू सतर्कता अपनाउँदै, गम्भीर ढंग र योजना बनाएर लागेका छन्’ : देउवा

२०८२, २० जेष्ठ सोमबार १४:११

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्यो। बैठकमा पार्टीको क्रियाशील सदस्यतादेखि भ्रातृ संस्थाको अधिवेशन हुँदै राजावादीको प्रदर्शनलगायतका विषयमा छलफल भएको नेताहरूले बताएका छन्।

आजको बैठकमा सभापति देउवाले राजावादीको पछिल्लो प्रदर्शनबारे ब्रिफिङ गरेका थिए। बैठकमा सहभागी एक नेताका अनुसार देउवाले राजावादीको पछिल्लो प्रदर्शन गम्भीर हुने खालको भएको बताएका थिए।

‘राजावादीहरू सतर्कता अपनाउँदै, गम्भीर ढंग र योजना बनाएर लागेका छन्,’ देउवालाई उदृत गर्दै भने, ‘हामीले पनि यस विषयमा गम्भीर हुनुपर्‍यो।’ आजको बैठकले गणतन्त्रको पक्षमा काठमाडौँमा आमसभा गर्ने निर्णय पनि गरेको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

‘संविधानको पक्षमा सभा गर्ने भन्ने भएको छ। मिति र स्थान चाहिँ आगामी बैठकले तय गर्नेछ,’ उनले भने।

जेठ १५ गते गणतन्त्र दिवसकै दिन नेकपा एमालेले उत्सव भन्दै काठमाडौँमा झाँकीसहितको र्‍याली निकालेको थियो भने राजावादीहरू पनि त्यही दिनदेखि गणतन्त्रको विरोधमा प्रदर्शन गरिरहेका छन्।

सत्ता नेतृत्वकर्ता नेकपा एमालेले गणतन्त्रको पक्षमा विभिन्न कार्यक्रम गरेसँगै सत्ता साझेदार कांग्रेसले पनि संविधान र गणतन्त्रको पक्षमा सभा गर्न लागेको हो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन