१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

२० जेष्ठ २०८२, सोमबार १४:१५
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किनुभएको छ । चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा चीन जानुभएका उहाँ आज बिहान साढे १० बजेतिर स्वदेश फर्कनुभएको हो ।
उहाँसग चीन भ्रमणमा जानुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भ्रमण उपलब्धि मुलुक र फलदायी रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । भ्रमणले दुई देशबीचको सम्बन्धलाई झन् मजबुत बनाएको उल्लेख गर्दै मन्त्री भण्डारीले भ्रमणले आर्थिक तथा कूटनीतिक परस्पर सम्बन्ध स्थापित गरेको बताउनुभयो ।
“भ्रमणले  दुई देशबीचको सम्बन्ध थप मजबुत बनाएको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध, साझा मान्यता र पूर्वसहमतिको कार्यान्वयनका लागि भ्रमण थप उपलब्धिमुलक भयो ।” उहाँले भ्रमणका क्रममा चिनियाँ उच्च अधिकारीले अहिले नेपाली कांग्रेस र नेपाल कम्ष्युष्नि पार्टी (एमाले)को संयुक्त सरकारले नेपालमा राजनीतिक स्थायित्व दिएको भन्दै खुसी व्यक्त गरेको बताउनुभयो ।
उहाँले पूर्वराष्ट्रपति भण्डारीलाई चीनमा उच्च सम्मानसमेत गरिएको बताउनुभयो । चीनमा भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चीनका उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुखलगायतसँग भेटघाट गर्नुभएको थियो ।
यही जेठ १० पूर्वराष्ट्रपति भण्डारीसहित मन्त्री भण्डारी, एमाले विदेश विभाग प्रमुख रघुविर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापालगायत चीन भ्रमणमा जानुभएको थियो । पूर्वराष्ट्रपति भण्डारीले बेइजिङ र गान्सु प्रान्त हुँदा चिनियाँ उच्च अधिकारी तथा चिनियाँ कम्युनिष्ट पार्टीका शीर्षनेताहरुसँग भेटघाट गर्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का