२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटक बस सञ्चालनमा

२० जेष्ठ २०८२, सोमबार १५:३०
काठमाडौँ । यातायात व्यवसायी तथा मजदुरको आन्दोलनका कारण सार्वजनिक यातायात बन्द रहे पनि पर्यटकीय बस भने सञ्चालनमा आएका छन् ।
गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर ‘राइड सेयरिङ’का नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै यातायात व्यवसायीले आजदेखि सार्वजनिक बस सञ्चालनमा रोक लगाएका हुन् । तर  पर्यटकीय बस भने सञ्चालनमा आएका छन् ।
‘टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) का अध्यक्ष भीष्म न्यौपानेले काठमाडौँदेखि पोखरा, लुम्बिनी, चितवनतर्फ जाने पर्यटक बस सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
“विभिन्न आन्दोलन, बन्द र हड्तालको समयमा समेत स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिइरहेको पर्यटक बसले अहिले पनि निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ,” उहाँले भन्नुभयो । आफूहरुले निरन्तर रुपमा स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा  प्रदान गर्ने उहाँको भनाइ थियो ।
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष बेदराज बाँस्तोलाले बन्द हड्ताल गरेर समस्याको समाधान नहुने भन्दै वार्ता र छलफलबाटै नित्कर्षमा पुग्नुपर्ने बताउनुभयो । उहाँले पर्यटक सवारी साधन सञ्चालनका क्रममा भएको अवरोधप्रति दुःख व्यक्त गर्दै बन्द तथा हड्तालमा पनि पर्यटकीय सवारी साधनलाई निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकार लाग्नुपर्ने बताउनुभयो । यस्तो आन्दोलनले मुलुकको समग्र पर्यटन व्यवसायमा असर पर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकमा समेत नकारात्मक सन्देश जाने उहाँको भनाइ थियो ।
यातायात व्यवसायी तथा मजदुरले गण्डकी प्रदेश सरकारले संविधानको धारा ५७ को उपधारा ६ उपधारा ३ वा ५ र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरित नीजि सवारीसाधनलाई सार्वजनिक यातायात सरह मान्यता दिएको भन्दै एक हप्तादेखि विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । उनीहरुले आजदेखि आफ्नो सवारी साधन घर ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार