१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपक्षी कराए पनि अब संसद् अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ

२० जेष्ठ २०८२, सोमबार १५:३६

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलहरुले संसद् अवरोध गरेर ज्यादती गरेको भन्दै अब सह्य नहुने चेतावनी दिएका छन्।

सोमबार एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकमा सम्बोधन गर्दै उनले यसरी संसद अवरोध भइरहन नसक्ने समेत उल्लेख गरे।

‘यसरी संसद अवरोध हुँदैन, यसरी संसद अवरोध चल्दैन यो,’ ओलीले भने, ‘जहिले पनि संसद् अवरोध, जहिले पनि संसद् अवरोध, दुई जना उठ्यो, करायो, हल्ला गर्‍यो, संसद् अवरोध? संसद् अवरोध त्यसरी हुन सक्दैन।’

 

विपक्षी कराए पनि अब संसद् अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ छ। ‘उहाँहरु कराउनु होला, तर संसद् अघि बढाउनुपर्छ। धेरै भयो उहाँहरुको ज्यादती। अत्ति नै भयो।’

कोही विरोधमा उत्रिने बित्तिकै विपक्षी दलहरु सर्मथनमा पुग्ने गरेको भन्दै उनले कटाक्ष समेत गरे। ‘उहाँहरुलाई सडक पनि चाहिएकै छ, त्यहाँ पनि वितण्डा खडा गर्नुभएको छ,’ ओलीले भने, ‘अनि कसैले बोल्यो, आफ्ना माग बोल्यो भने मेरो समर्थन छ भनेर त्यहाँ कुदेर पुग्छन्।’

उनले थपे, ‘कोही माईतीघर मण्डलामा आयो अरे भनेको सुनेपछि पुगिहाल्छन्। साइँलाले पैसा सापटी लिएको मलाई तिरेन भनेर माईतीघर मण्डलामा कोही आयो भने विपक्षी पार्टी सबै कुदेर पुग्ने– हामी साथमा छौँ, आन्दोलन नछोड्नुस्, सरकारले धोका दिनसक्छ, माग पूरा गराएरै छोड्नु्स्, पैसा पाउनुपर्छ, यस्तो तरिका छ। यो तरिका होइन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का