२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजदूतद्वारा रासस फोटो प्रदर्शनी अवलोकन

२०८२, २१ जेष्ठ मंगलवार १४:४६
काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका नेपालका लागि डेनमार्कका गैरआवासीय राजदूत रासमस अविल्डगार्ड क्रिस्टेनले आज राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयको भ्रमण गरी राससद्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । साथै, रासस मिडिया सङ्ग्रहालय तथा रासस मिडिया सङ्ग्रहालयको अवलोकन गरेर रासस सेवाबारे जानकारी लिनुभएको हो ।
राजदूत क्रिस्टेनलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले स्वागत गर्दै प्रदर्शित तस्बिरहरूको सङ्क्षिप्त रूपमा जानकारी गर्नुभएको थियो । उहाँले रासस मिडिया सङ्ग्रहालय र राससको समाचार सेवाबारे अवगत गराउनाका साथै राजदूत क्रिस्टेनलाई राससद्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रका १६ वर्ष’ हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा नेपालका लागि डेनमार्कका वाणिज्यदूत हरि धरेल पनि सहभागी हुनुहुन्थ्यो ।
आफ्नो नेपालको पहिलो भ्रमणका क्रममा राससको फोटो प्रदर्शनीले नेपालको पर्वतीय पर्यटनको सम्बन्धमा राम्रो जानकारी लिने अवसर प्राप्त भएको उल्लेख गर्दै राजदूत क्रिस्टेनले पर्वतीय पर्यटनको माध्यमबाट विश्वमा नेपालले आफ्नो अलग्गै पहिचान स्थापित गर्नसक्ने बताउनुभयो । गणतन्त्र दिवस २०८२ को सन्दर्भमा राससले केन्द्रीय कार्यालयमा यही जेठ ११ गतेदेखि फोटो प्रदर्शनी आयोजना गर्दै आएको छ ।
––––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन