२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजदूतद्वारा रासस फोटो प्रदर्शनी अवलोकन

२१ जेष्ठ २०८२, मंगलवार १४:४६
काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका नेपालका लागि डेनमार्कका गैरआवासीय राजदूत रासमस अविल्डगार्ड क्रिस्टेनले आज राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयको भ्रमण गरी राससद्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । साथै, रासस मिडिया सङ्ग्रहालय तथा रासस मिडिया सङ्ग्रहालयको अवलोकन गरेर रासस सेवाबारे जानकारी लिनुभएको हो ।
राजदूत क्रिस्टेनलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले स्वागत गर्दै प्रदर्शित तस्बिरहरूको सङ्क्षिप्त रूपमा जानकारी गर्नुभएको थियो । उहाँले रासस मिडिया सङ्ग्रहालय र राससको समाचार सेवाबारे अवगत गराउनाका साथै राजदूत क्रिस्टेनलाई राससद्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रका १६ वर्ष’ हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा नेपालका लागि डेनमार्कका वाणिज्यदूत हरि धरेल पनि सहभागी हुनुहुन्थ्यो ।
आफ्नो नेपालको पहिलो भ्रमणका क्रममा राससको फोटो प्रदर्शनीले नेपालको पर्वतीय पर्यटनको सम्बन्धमा राम्रो जानकारी लिने अवसर प्राप्त भएको उल्लेख गर्दै राजदूत क्रिस्टेनले पर्वतीय पर्यटनको माध्यमबाट विश्वमा नेपालले आफ्नो अलग्गै पहिचान स्थापित गर्नसक्ने बताउनुभयो । गणतन्त्र दिवस २०८२ को सन्दर्भमा राससले केन्द्रीय कार्यालयमा यही जेठ ११ गतेदेखि फोटो प्रदर्शनी आयोजना गर्दै आएको छ ।
––––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का