२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाग्मतीमा गेग्र्यान हटाउने काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह

२१ जेष्ठ २०८२, मंगलवार १५:२८
काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिँहले बर्सातको मौसममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बाग्मती नदीमा गेग्र्यान हटाउने काम भइरहेको बताउनुभएको छ । उहाँले सम्भावित जोखिम रहेका ठाउँमा अहिले काम भइरहेको बताउनुभयो ।
बर्सातको पूर्वसन्ध्यामा शहरी विकास मन्त्रालयअन्तर्गत देशभर रहेका स्थानीय सडक, पुल र बेली ब्रिजलगायत पूर्वाधारमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयको पूर्वतयारीका बारे पूर्वाधार विकास समितिमा बोलाइएको बैठकमा उपप्रधानमन्त्री सिँहले विगतमा भएका घटनाबाट पाठ सिक्दै मन्त्रालयले पूर्वतयारी गरिररहेको बताउनुभयो ।
“विगतका घटनाबाट पाठ सिक्नुपर्छ । नदी समयमा सफा गर्नुपर्छ । उपत्यकामा नदीको बढेको सतह घटाउनुपर्छ भनेर यहाँहरुले जोड दिनुभएको छ । अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बागमती नदीमा काम सुरु गरिसकेको छ,” उहाँले भन्नुभयो । उपप्रधानमन्त्री सिँहले विपद् आउनुअघि नै समितिले ध्यानाकर्षण गराएकामा धन्यवाद व्यक्त गर्दै मौसम पूर्वानुमानको रिपोर्टअनुसार आवश्यक सतर्कता अपनाइने बताउनुभयो ।
बाग्मती सभ्यताका आयोजना निर्देशक नारायणप्रसाद भण्डारीका अनुसार नख्खु क्षेत्र, बालकुमारीदेखि मनोहरा दोभानसम्मको क्षेत्रमा गेग्र्यान हटाउने काम भइसकेको छ । अहिले बल्खु क्षेत्र, सुन्दरीजलभन्दा तल गोकर्ण क्षेत्र र गुह्येश्वरस् क्षेत्रमा नदीबाट गेग्र्यान हटाउने काम भइरहेको छ ।
समितिमा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले स्थानीय सडक र पुलमा भइपरि आउने विपद्का लागि आवश्यक सतर्कता अपनाइएको बताउनुभयो । उहाँले विपद् हेर्नेगरी प्रदेश र जिल्लामा रहेका मातहतका कार्यालयमा ‘फोकल पर्सन’ तोकेर काम भइरहेको जानकारी दिनुभयो । सचिव सिग्देलले अघिल्लो वर्षको बाढीबाट क्षति पुगेका १० झोलुङ्गे पुल निर्माण कार्य सकिएको बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का