३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमाल दक्षिण एसियाकै सभ्यताको जीवन रेखा हो : पूर्वअध्यक्ष रेग्मी

२१ जेष्ठ २०८२, मंगलवार १६:३५
काठमाडौँ । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालका हिमशृङ्खला अखण्डरुपमा आइरहने पानीको स्रोत र कसैले पनि हस्तक्षेप गर्न नसक्ने राष्ट्रको पूँजीका रूपमा रहेको बताउनुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्वीर प्रदर्शनको आज अवलोकनपछि उहाँले हाम्रा हिमशृङ्खला नेपालको मात्र नभई दक्षिण एसिया र यस क्षेत्रका सभ्यताको जीवन रेखासमेत रहेको बताउनुभयो ।
पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “विद्युत् उत्पादन, सिँचाइ तथा पिउने पानीलगायतको प्रमुख स्रोत हिमाल नै हो, यो हाम्रा लागि गौरवको विषय हो । मानव जातिको संरक्षण र सम्वर्द्धनका लागि हिमालको भूमिका महत्त्वपूर्ण छ ।” मानव सभ्यताका लागि हिमाली क्षेत्रको संरक्षण र सम्बर्द्धन आवश्यक भएकामा जोड दिँदै उहाँले यसको संरक्षणका लागि विश्वलाई ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो ।
“प्रदर्शनीले जलवायु परिवर्तनका कारण हाम्रा सम्पदा र राष्ट्रिय विकासमा परेको प्रभाव, यी सम्पदालाई विश्वमाझ पु¥याएर कति लाभ लियौँ र आगामी दिनमा के गर्नुपर्छ भन्ने सन्देश दिएको छ”, उहाँले भन्नुभयो, “नयाँ योजना निर्माण गर्न र जलवायु परिवर्तनबाट पहिले र अहिलेको हिमालको स्थिति तुलना गरेर यसलाई संरक्षण गर्न विश्वसमुदायलाई झक्झक्याउन सकिन्छ ।”
सरोकारवाला निकायलाई हेर्न, बुझ्न र आगामी योजना बनाउन यस्ता प्रदर्शनीले सहयोगसिद्ध हुने उहाँको भनाइ छ । प्रदर्शनीले विभिन्न पर्यटकीय स्थलको परिचयसँगै नेपालका हिमाली र पहाडी सौन्दर्यलाई उजागार गरेको उहाँले बताउनुभयो ।
त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मन्त्री खड्कालाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे उजागार गर्न तथा नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट