२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हिमशृङ्खलाको संक्षणमा विश्व समुदायको ध्यान जानुपर्छ’

२२ जेष्ठ २०८२, बुधबार १२:४६
काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता हितबहादुर तामाङले मानव सभ्यतासँग जोडिएका हिमशृङ्खलाले जलवायु परिवर्तनको असर भोगिरहेकाले मानव सभ्यता जोगाउन विश्व समुदायको ध्यान हिमशृङ्खला संरक्षणमा जानुपर्ने बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका तामाङले नेपालका हिमालको महत्त्व, जलवायु परिवर्तनको असर र नेपालले पाउनुपर्ने क्षतिपूर्तिका बारेमा सरकार र सरोकार भएका निकायले विश्वको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो ।
“जलवायु परिवर्तनका कारण हामीले क्षति बेहोर्नु परिरहेको छ, जलवायु परिवर्तनमा नेपालको नकारात्मक भूमिका छैन, विकसित मुलुकले बढीभन्दा बढी कार्बन उत्सर्जन गरिहेका छन्, त्यसको मार हामीले खेप्नुपरेको छ”, पूर्वपर्यटनमन्त्री तामाङले भन्नुभयो, “हिमशृङ्खला पग्लने, हिमताल फुट्ने र त्यसबाट मानव जीवन प्रभावित हुने अवस्था देखिएको छ । हिमालको संरक्षण गर्न सिङ्गो विश्व एकताबद्ध हुनुपर्छ ।”
सांस्कृतिक तथा प्राकृतिक सम्पदाको दृष्टिकोणबाट नेपाल सम्पन्न मुलुक भए पनि यी सम्पादको सदुपयोगमा कमजोरी भइरहेको नेता तामाङले धारणा व्यक्त गर्नुभयो । “पर्यटन नेपालको समृद्धिका लागि महत्त्वपूर्ण आधार हो, यी सम्पादामार्फत नेपाललाई विश्वमञ्चमा चिनाउन, रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
राससले आयोजना गरेको उक्त प्रदर्शनीले गणतन्त्रको महिमा र महत्त्व झल्काउने काम गरेको पूर्वपर्यटनमन्त्री तामाङले उल्लेख गर्नुभयो । प्राकृतिक सम्पदाको उचित प्रचारप्रसार गर्न नसक्दा यसबाट पर्याप्त लाभ लिन नसकिरहेको जनाउँदै उहाँले तस्बिर प्रदर्शनीले सम्भावनाको पुनःअध्ययन, यसको महत्त्व बुझ्न र भविष्यको योजना निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेता तामाङलाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे उजागार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्न प्रदर्शनीमा राखिएका तस्बिरले सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले