२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खानीजन्य वस्तु निर्यात गर्ने गरी सरकार अघि बढेको छ : अर्थमन्त्री पौडेल

२०८२, २२ जेष्ठ बुधबार १३:०६

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य तथा नदीजन्य वस्तु उत्खनन गरेर विदेशमा बेच्ने वातावरण बनाउन सरकार लागेको बताएका छन्।

खानीजन्य वस्तु निर्यात गर्ने गरी सरकार अघि बढेको बताउँदै उनले निर्माण सामग्रीको अभावमा आयोजना कार्यान्वयन हुन नसक्ने अवस्था हटाइने जानकारी पनि दिए। खानीजन्य र नदीजन्य निर्माण सामग्रीको उत्खनन् गरेर उपयोग गर्ने मात्रै नभई निर्यात गर्नेसम्मको बजेटमा राखिएको कार्यक्रमलाई प्रभावकारी हिसाबले कार्यान्वयनमा लगिने उनको भनाइ छ।

आज राजधानीमा एक कार्यक्रमललाई सम्बोधन गर्दै उनले त्यस दिशातर्फ सरकार अघि बढिसकेकाले अब ब्याक नहुने अडान पनि राखे। कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटमा पूर्वाधार निर्माणको क्षेत्रमा जेजस्ता समस्या रहँदै आएका थिए, ती समस्यालाई हदसम्मै पूरा गरिएको दाबी पनि गरे।

अर्थमन्त्री पौडेलले भने, ‘अब निर्माण क्षेत्रमा नदीजन्य वस्तुहरुको अभाव हुन दिँदैनौँ। वातावरणीय प्रभाव अध्ययनबाट उपयुक्त र आर्थिक दृष्टिले सम्भाव्य देखिएका खानीजन्य र नदीजन्य निर्माण सामाग्री उत्खनन् र प्रशोधन गरी आन्तरिक उपयोग गर्नेछौँ। नेपालमा मात्रै नभई निर्यात गर्ने व्यवस्था मिलाउनेछौं। खानीजन्य, नदीजन्य वस्तुहरू अभाव भएका कारण निर्माणजन्य प्रभावित हुनुपर्दैन। अब बजेटमा राखिएको कार्यक्रमबाट पछि हट्दैनौँ।’

अर्थमन्त्री पौडेलले यसो भनिरहँदा बजेटमा राखिएको कार्यक्रम सर्वोच्च अदालतको परमादेशविपरीत रहेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री र अर्थमन्त्रीमाथि कारबाहीको माग राख्दै अदालतको अवहेलना मुद्दा दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन