२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खानीजन्य वस्तु निर्यात गर्ने गरी सरकार अघि बढेको छ : अर्थमन्त्री पौडेल

२२ जेष्ठ २०८२, बुधबार १३:०६

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य तथा नदीजन्य वस्तु उत्खनन गरेर विदेशमा बेच्ने वातावरण बनाउन सरकार लागेको बताएका छन्।

खानीजन्य वस्तु निर्यात गर्ने गरी सरकार अघि बढेको बताउँदै उनले निर्माण सामग्रीको अभावमा आयोजना कार्यान्वयन हुन नसक्ने अवस्था हटाइने जानकारी पनि दिए। खानीजन्य र नदीजन्य निर्माण सामग्रीको उत्खनन् गरेर उपयोग गर्ने मात्रै नभई निर्यात गर्नेसम्मको बजेटमा राखिएको कार्यक्रमलाई प्रभावकारी हिसाबले कार्यान्वयनमा लगिने उनको भनाइ छ।

आज राजधानीमा एक कार्यक्रमललाई सम्बोधन गर्दै उनले त्यस दिशातर्फ सरकार अघि बढिसकेकाले अब ब्याक नहुने अडान पनि राखे। कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटमा पूर्वाधार निर्माणको क्षेत्रमा जेजस्ता समस्या रहँदै आएका थिए, ती समस्यालाई हदसम्मै पूरा गरिएको दाबी पनि गरे।

अर्थमन्त्री पौडेलले भने, ‘अब निर्माण क्षेत्रमा नदीजन्य वस्तुहरुको अभाव हुन दिँदैनौँ। वातावरणीय प्रभाव अध्ययनबाट उपयुक्त र आर्थिक दृष्टिले सम्भाव्य देखिएका खानीजन्य र नदीजन्य निर्माण सामाग्री उत्खनन् र प्रशोधन गरी आन्तरिक उपयोग गर्नेछौँ। नेपालमा मात्रै नभई निर्यात गर्ने व्यवस्था मिलाउनेछौं। खानीजन्य, नदीजन्य वस्तुहरू अभाव भएका कारण निर्माणजन्य प्रभावित हुनुपर्दैन। अब बजेटमा राखिएको कार्यक्रमबाट पछि हट्दैनौँ।’

अर्थमन्त्री पौडेलले यसो भनिरहँदा बजेटमा राखिएको कार्यक्रम सर्वोच्च अदालतको परमादेशविपरीत रहेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री र अर्थमन्त्रीमाथि कारबाहीको माग राख्दै अदालतको अवहेलना मुद्दा दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले