२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेटले राष्ट्रिय आवश्यकता सम्बोधन नगरेको नारायणकाजी श्रेष्ठ आरोप

२२ जेष्ठ २०८२, बुधबार १४:५९

काठमाडौँ । सांसद नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरेको बजेटले राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न नसेकेको आरोप लगाउनुभयो ।

आज राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा श्रेष्ठले बजेट सन्तोषजनक नरहेको टिप्पणी गर्नुभएको हो ।

सामाजिक न्यायसहितको फड्कोलाई सम्बोधन गर्ने गरी बजेट आउन नसकेको उहाँको आरोप छ । “बजेटले राष्ट्रिय आवश्यकतलाई सम्बोधन गर्न सकेको छैन, आगामी आवको बजेट दृढ सोचबिनाको, आजको आवश्यकतालाई सम्बोधन गर्न नसकेको प्रशासनिक वित्तिय बजेट मात्रै हो, यो काम चलाउ बजेट हो”, सांसद श्रेष्ठले भन्नुभयो, “राजनीतिक, आर्थिक, वित्तिय दस्तावेदको आवश्यकताका आधारमा बजेट आउनुपथ्र्यो, तर आएन, अनि बजेटमा नयाँ सम्भावनाहरुको खोजी गरिएन, तसर्थ यो काम चलाउन प्रसासनिक बजेट भएकाले अहिलेको आवश्यकतालाई सम्बोधन गर्न सक्दैन ।”

अपेक्षाअनुसारको बजेट हुन नसकेका कारण अहिले जनतामा निराशा पैदा भएको उहाँको आरोप छ । सांसद श्रेष्ठका अनुसार सुशासन, समृद्धि र सामाजिक न्याय कार्यान्वयन हुने गरी बजेट आएको छैन ।

“विनियोजित बजेटले संविधानको मूल मर्म र भावनालाई समेट्न सकेको छैन, बजारवादलाई प्रक्षपोषण गर्ने गरी बजेट आएको छ”, उहाँले भन्नुभयो, “आत्मनिर्भर अर्थतन्त्र विकासका लागि आशा गर्नसक्ने किसिमको बजेट आउन सकेको छैन ।”

सांसद श्रेष्ठले पुँजगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्नुपर्ने र खराब कर्जाको स्थिति सुधारमा ध्यान जानुपर्नेमा जोड दिनुभयो । “आर्थिक रुपान्तरणको आधार कृषि क्षेत्र हो, कृषिले प्राथमिकता पाउन सकेन, भूउपयोग नीति पनि लिएको छैन”, उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रमा ठोस योजना छैन, शिक्षामा गुणात्मक लगानी वृद्धि गर्नुपर्छ, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपथ्र्यो ।”
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…