३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जलवायु परिर्तनमा हाम्रो भूमिका नभए पनि असर खेप्नु परिरहेको छ’

२२ जेष्ठ २०८२, बुधबार १६:४१

काठमाडौँ | नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले जलवायु परिर्वतनमा नेपालको कुनै भूमिका नभए पनि त्यसको असर खेप्नु परिरहेको बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले जलवायु परिवर्तनबाट हिमाल र हिमशृङ्खलामा परेको असरबारे नेपालले उठाएका विषयलाई अन्तरराष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिनुपर्ने प्रतिक्रिया दिनुभयो ।

नेता डा कोइरालाले भन्नुभयो, “जलवायु परिवर्तनबाट प्रकृति र मानव जीवनमा परेको असरबारे हामीले निरन्तर आवाज उठाइरहेका छौँ । नेपालका हिमाल र हिमाली जनजीवनमा यसबाट अप्ठ्यारोमा परेको छ भने हिमशृङ्खलाले सङ्कटको सामना गरिरहेका छन् । त्यो पक्षलाई अन्तरराष्ट्रिय समुदायले बुझिदिनुपर्छ ।”

आफूले बेलायतको भ्रमणका क्रममा त्यहाँको संसदीय समितिमा यस विषयमा आवाज उठाएको बताउँदै डा कोइरालाले नेपालका तर्फबाट उठाइएका विषयलाई बेलायतले चासोकासाथ लिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँ राखिएका तस्बिरले नेपालको भौगोलिक अवस्थितिको वास्तविकताका बारे चित्रण गरेको छ । मुलुकभित्र रहेका प्राकृतिक सम्पदा र भूभागको अवलोकन तथा घुम्न हामी सोी स्थानमा पुग्नुपर्नेमा प्रर्दशनीले उक्त बाध्यताको अन्त्य गरेको छ । राससले गरिको तस्बिर प्रदर्शनी । पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी माध्यम बनेको छ । हिमशृङ्खला जोगाउन र पर्यटन प्रवर्द्धनमा हामीले आवाज उठाउनु पर्छ ।”

त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले डा कोइरालालाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीबाट नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे जानकारी लिन उपयुक्त थलो बनेको बताउनुभयो । यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही