२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बजेट कार्यान्वयन र सुशासनलाई क्रियाशील र व्यवस्थित बनाउनुपर्छ’

२२ जेष्ठ २०८२, बुधबार १६:५८

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले बजेट कार्यान्वयन र सुशासनको पाटोलाई क्रियाशील र व्यवस्थित बनाउन सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । आजको बैठकमा सांसदहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्दै बजेटले निम्न वर्गीय तथा पछाडि पारिएका वर्गलाई सम्बोधन गर्न नसक्ने प्रतिक्रिया दिनुभयो ।

सांसद नरबहादुर विष्टले जनता केन्द्रित भएर बजेट आउने अपेक्षा गरिएकामा त्यसो हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “गरिब, दलित, निम्नवर्गीयलाई सम्बोधन गर्नेगरी बजेट आउन सकेको छैन । निजीकरणलाई बढी प्राथमिकता दिइएको छ ।”

सांसद राधेश्याम पासवानले तल्लो वर्ग, गरिब, मजदुर तथा किसानलाई सम्बोधन गर्नेगरी बजेट आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानले कल्पना गरेको व्यवस्थाअनुसार अघि बढ्न सकेका छैनौँ । लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेका छैनौँ । अर्थतन्त्र कसरी चलायमान बनाउने त ? विभिन्न शीर्षकमा राजस्व छली भएकाले पनि अर्थतन्त्र शिथिल भइरहेको छ ।”

सांसद विष्णुकुमारी सापकोटाले वास्तिवक तथा यथार्थपरक बजेट आएकाले पूर्ण रूपमा समर्थन गर्दै भन्नुभयो, “सरकारले बजेट कार्यान्वयन र सुशासनको पाटोलाई भने क्रियाशील र व्यवस्थित बनाउनमा ध्यान केन्द्रित गर्ने आशा गर्दछु ।” उहाँले सरकारले लगानीको वातावरण बनाएर सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै दक्ष जनशक्ति विदेशिनु पर्ने बाध्यता हटाउन सरकारलाई विशेष योजना कार्यान्वयनका लागि ध्यानाकर्षण गराउनुभयो ।

सांसद इन्दिरादेवी गौतमले समग्रमा विगतका वर्षभन्दा आगामी आर्थिक वर्षका लागि आर्थिक गतिविधि चलायमान र भरोसायोग्य बजेट आएको बताउनुभयो । उहाँले सुदृढ अर्थतन्त्रको निर्माण, सार्वजनिक वित्त सन्तुलन, बजेट अनुशासन, व्यवसायीमैत्री वातावरणको सिर्जना, निजी क्षेत्रको लगानी प्रवर्द्धन, नागरिकमैत्री सेवा प्रवाह, सुशासनलगायत महत्त्वपूर्ण सिद्धान्त र प्राथमिकतालाई सम्बोधन गर्नेगरी यो बजेट आएको उल्लेख गर्नुभयो । उहाँले चालु आवको राजस्व सङ्कलन गर्न व्यापरिक गतिविधि बढाउने र चोरीपैठारी नियन्त्रणतर्फ ध्यान दिन सके लक्ष्य भेट्न सकिने धारणा राख्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने