२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बजेट कार्यान्वयन र सुशासनलाई क्रियाशील र व्यवस्थित बनाउनुपर्छ’

२०८२, २२ जेष्ठ बुधबार १६:५८

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले बजेट कार्यान्वयन र सुशासनको पाटोलाई क्रियाशील र व्यवस्थित बनाउन सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । आजको बैठकमा सांसदहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्दै बजेटले निम्न वर्गीय तथा पछाडि पारिएका वर्गलाई सम्बोधन गर्न नसक्ने प्रतिक्रिया दिनुभयो ।

सांसद नरबहादुर विष्टले जनता केन्द्रित भएर बजेट आउने अपेक्षा गरिएकामा त्यसो हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “गरिब, दलित, निम्नवर्गीयलाई सम्बोधन गर्नेगरी बजेट आउन सकेको छैन । निजीकरणलाई बढी प्राथमिकता दिइएको छ ।”

सांसद राधेश्याम पासवानले तल्लो वर्ग, गरिब, मजदुर तथा किसानलाई सम्बोधन गर्नेगरी बजेट आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानले कल्पना गरेको व्यवस्थाअनुसार अघि बढ्न सकेका छैनौँ । लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेका छैनौँ । अर्थतन्त्र कसरी चलायमान बनाउने त ? विभिन्न शीर्षकमा राजस्व छली भएकाले पनि अर्थतन्त्र शिथिल भइरहेको छ ।”

सांसद विष्णुकुमारी सापकोटाले वास्तिवक तथा यथार्थपरक बजेट आएकाले पूर्ण रूपमा समर्थन गर्दै भन्नुभयो, “सरकारले बजेट कार्यान्वयन र सुशासनको पाटोलाई भने क्रियाशील र व्यवस्थित बनाउनमा ध्यान केन्द्रित गर्ने आशा गर्दछु ।” उहाँले सरकारले लगानीको वातावरण बनाएर सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै दक्ष जनशक्ति विदेशिनु पर्ने बाध्यता हटाउन सरकारलाई विशेष योजना कार्यान्वयनका लागि ध्यानाकर्षण गराउनुभयो ।

सांसद इन्दिरादेवी गौतमले समग्रमा विगतका वर्षभन्दा आगामी आर्थिक वर्षका लागि आर्थिक गतिविधि चलायमान र भरोसायोग्य बजेट आएको बताउनुभयो । उहाँले सुदृढ अर्थतन्त्रको निर्माण, सार्वजनिक वित्त सन्तुलन, बजेट अनुशासन, व्यवसायीमैत्री वातावरणको सिर्जना, निजी क्षेत्रको लगानी प्रवर्द्धन, नागरिकमैत्री सेवा प्रवाह, सुशासनलगायत महत्त्वपूर्ण सिद्धान्त र प्राथमिकतालाई सम्बोधन गर्नेगरी यो बजेट आएको उल्लेख गर्नुभयो । उहाँले चालु आवको राजस्व सङ्कलन गर्न व्यापरिक गतिविधि बढाउने र चोरीपैठारी नियन्त्रणतर्फ ध्यान दिन सके लक्ष्य भेट्न सकिने धारणा राख्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन