२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जनता सुखी भए लोकतन्त्र आफैँ समृद्ध हुन्छ’: खिलराज रेग्मी

२३ जेष्ठ २०८२, बिहीबार १२:२८
काठमाडौं ।  मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र र गणतन्त्रभन्दा उन्नत शासन प्रणाली संसारमा अहिलेसम्म कहीँकतै नरहेको प्रतिक्रिया दिनुभएको छ ।
राष्ट्रिय समचार समिति(रासस)सँग कुराकानी गर्दै उहाँले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा देखिएका कमीकमजोरीलाई सुधार गरी उन्नत र समृद्ध बनाउनेतर्फ लाग्न सबै तह र तप्कालाई आह्वान गर्नुभयो ।
पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “गणतन्त्रको प्रतिफल पाए र जनता खुसी र सुखी भए भने लोकतन्त्र आफैँ बलियो र समृद्ध हुन्छ ।” ठूलो सङ्घर्ष र बलिदानीबाट प्राप्त गणतन्त्रलाई सुदृढ तुल्याउन समयमा कानुन निमार्ण र योजना बनाउन आवश्यक रहेको जनाउँदै उहाँले कतिपय अभ्यासमा देखिएका कमीकमजोरी र स्रोतसाधनको अभावले सुनिएका निराशालाई अन्त्य गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानन्यायाधीशसमेत रहनुभएका रेग्मीले पहिलो संविधानसभाले संविधान दिन नसकेर विघटन भई राजनीतिक अन्योल र जटिल परिस्थितिमा सरकारको नेतृत्व गरी आफूले निर्वाचन गराएको स्मरण गर्दै सोही संविधानसभाबाट जारी संविधान कार्यान्वनमा जानु आफ्ना लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले स्रोत व्यवस्थानपन र अभ्यासका क्रममा देखिएका केही कमीकमजोरीलाई तत्कालै सुधार गरेर लैजान सकिने प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ