२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद्मा उद्धारका लागि तयार रहन मुख्यमन्त्री लामाको निर्देशन

२०८२, २३ जेष्ठ बिहीबार १२:३७
काठमाडौँ ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरक्षा निकाय र सरोकारवालाहरुलाई उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रमको आज यहाँ समापन गर्दै उहाँले वर्षात्को समयमा हुन सक्ने विपद्लाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।
दुई दिने अभ्यास कार्यक्रमको समापन गर्दै उहाँले वर्षात्को समयमा बाढी, पहिरोजस्ता जोखिम बढ्ने भन्दै उद्दारका लागि आवश्यक सामाग्रीको तयारी गरेर जुनसुकै समयमा पनि तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जुनसुकै समयमा पनि विपद् आउन सक्छ, तयारी अवस्थामा रहनु होला ।”
नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, रेडक्रस लगायतका संस्था तयारी अवस्थामा रहनुपर्ने उहाँको भनाइ थियो । प्रदेशमा उद्दारका लागि आवश्यक सामग्री कम भएको भन्दै सरकारले यस वर्षको बजेटमा उद्दार सामाग्री व्यवस्थापन गर्ने गरी काम गर्ने उहाँले बताउनुभयो । यस्ता अभ्यासले उद्दारमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विपद्लाई व्यवस्थापन र क्षति न्यूनिकरण कठिन हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विपद्बाट हुने क्षति न्यूनिकरण गर्दै व्यवस्थापनको पक्षमा लाग्नुपर्छ ।” विपद्मा हुनसक्ने सम्भावित क्षतिलाई सबैको सहकार्यले कम गर्न सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाली सेनाका मध्यपृतनाका प्रमुख हरेन्द्र पाठकले नेपालका हरेक क्षेत्रमा हुने विपद्मा खटिने सुरक्षाकर्मीहरुको मनोबल बढाउन आवश्यक रहेको बताउनुभयो । विपद्को समयमा खटिने जोसुकैको पनि मनोबल बढाउन सके क्षति कम गर्न सकिने उहाँको भनाइ थियो ।
विगत पाँच वर्षको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा मनसुन तथा बाढीजन्य प्रकोपको घटनामा ९१४ जनाको ज्यान गएको छ । यस्तै १०१ जना बेपत्ता हुनुका साथै ७५० जना घाइते भएको सो अवसरमा जानकारी दिइयो । गत वर्ष डुबान र पहिरोमा परि २२४ जनाको मृत्यु भएको थियो । यस्तै १५८ जना घाइते भएका थिए  भने २८ जना बेपत्ता भएका थिए  ।
गत वर्ष डुबान र पहिरोमा परेका १३ हजार ३०० जनाको उद्धार गरिएको थियो । करिब २५ पुलमा क्षति भएको र ३७ वटा राजमार्गमा क्षति पुगेको तथा ११ जलविद्युत् केन्द्र प्रभावित भएको कार्यक्रममा जानकारी दिइयो । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्यायोजना २०८२ अनुसार आगामी मनसुनमा करिब २० लाख मानिस र चार लाख ५० हजार घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन