२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वातावरणीय न्यायको पक्षमा आवाज बुलन्द गर्न अध्यक्ष दाहालको आग्रह

२३ जेष्ठ २०८२, बिहीबार १३:०४

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वातावरणीय न्यायका पक्षमा आवाज बुलन्द गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

विश्व वातावरण दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले नेपालजस्तो जैविक विविधताले भरिपूर्ण, कृषिप्रधान मुलुकमा वातावरणमैत्री जीवनशैली विकास गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

तराई, पहाड र हिमालको भौगोलिक स्वरूप भएको मुलुकमा प्लास्टिकजन्य प्रदूषणको असर गम्भीर बन्दै गएको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्लास्टिकको प्रयोग कम गर्न र पुनःप्रयोगलाई प्राथमिकता दिन, वातावरणमैत्री जीवनशैली विकास गर्न र वातावरणीय न्यायका पक्षमा आवाज बुलन्द गर्न सबैमा आग्रह गर्दछु ।”

आजको आवश्यकता वातावरण संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा खबरदारी गर्दै सक्रियता बढाउनु रहेको अध्यक्ष दाहालको भनाइ छ । “हिमाल, हिमशृङ्खला र हिमाली जनजीवन जोगाउन, जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि हामीले आज निर्णायक कदम चाल्न सकेनौँ भने भविष्यका पुस्ताले भयावह परिणाम भोग्नुपर्ने छ”, उहाँले भन्नुभयो ।

सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म प्लास्टिकजन्य फोहर व्यवस्थापन जटिल चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले प्लास्टिकजन्य प्रदूषण आजको प्रतिस्पर्धी पुँजीवादी प्रवृत्तिको प्रत्यक्ष परिणाम भएको धारणा राख्नुभयो ।

“प्लास्टिकजन्य प्रदूषण वातावरणीय सन्तुलन बिग्रनुका साथै जनस्वास्थ्य, खाद्य सुरक्षा, जलस्रोत र जैविक प्रणालीमा दीर्घकालीन असर पु¥याइरहेको छ, त्यसैले यो समस्या समाधान गर्न सबै सरोकार भएका निकाय एकजुट भएर समन्वय गर्नु जरुरी छ”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा वातावरणीय सुरक्षासम्बन्धी विषयवस्तुलाई नीति निर्माणको मुद्दा बनाउनुका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका असर, क्षतिपूर्तिलगायत जलवायु न्यायका विषयमा दृढतापूर्वक आवज उठाउँदै आएको स्मरण गर्नुभयो ।

पर्वतीय मुलुकको समस्या, हरित ऊर्जा, जलवायु अनुकूलन रणनीति र वातावरणमैत्री नीतिहरूलाई केन्द्रमा राख्दै नेपाललाई हरित विकासको मार्गमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । आज ‘प्लास्टिक प्रदूषण अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ विश्व वातावरण दिवसका संसारभर मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने