२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभाःसीमा प्रशासनलाई सुदृढ गर्न सरकारको ध्यानाकर्षण

२३ जेष्ठ २०८२, बिहीबार १४:३५
काठमाडौँ ।  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको बैठक आकस्मिक समयमा सांसद नरबहादुर विष्टले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा ‘भिजिट भिसा’का नाममा नागरिकमाथि गरिएको ठगीको अनुसन्धानका लागि छानबिन समिति गठन गर्न माग गर्नुभयो ।
यसैगरी बैठकको शून्य समयमा सांसद मनरुपा शर्माले ‘भिजिट भिसा’  प्रकरणलाई निष्पक्ष छानबिन गर्न गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो । सांसद घनश्याम रिजालले आगामी आवको बजेट वक्तव्यमा उल्लेख गरिएको सुनको गहनामा लाग्ने विलासिता कर फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।
सांसद रुक्मिणी कोइरालाले झापाका विभिन्न पालिकामा जङ्गली हात्ती आतङ्क बढेको जनाउँदै हात्ती नियन्त्रणको योजना ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रेणु चन्दले सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटनको गन्तव्य घोषणा गर्न माग गर्नुभयो ।
सांसद विष्णुकुमारी सापकोटाले प्लाष्टिकको जथाभावी प्रयोगले वातावरण प्रदूषण बढ्दै गएको उल्लेख गर्दै प्लाष्टिक प्रदूषण रोक्नका लागि विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद विष्णुबहादुर विश्वकर्माले प्रदेश सरकारले निर्माण गरेको ऐन, कानुन कार्यान्वयन नगर्न सङ्घीय सरकारले पत्राचार गर्नुले सङ्घीयतामाथि बेवास्ता गरेको बताउनुभयो ।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले बाँकेको जमुनाहा नाकामा रहेको ‘एक्स्रे’ मेसिन बिग्रेको हुँदा अवैध हातहतियार र लागुऔषध ओसारपसार बढ्न सक्ने औँल्याउँदै भन्सार र सीमा प्रशासनलाई सुदृढ गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सावित्री मल्लले आगामी आवको बजेट वक्तव्यमा राष्ट्र सेवक कर्मचारीलाई बेवास्ता गरिएको जनाउँदै अस्थायी, ज्यालादारी र करारका कर्मचारीलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ