२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजावादीको आन्दोलन अर्थहिन रहेको सभापति देउवाको भनाइ

२३ जेष्ठ २०८२, बिहीबार १५:४५
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा समर्थकले प्रदर्शन गर्नु अर्थहिन रहेको धारणा व्यक्त गर्नुभएको छ ।
कांग्रेसका स्व नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२औँ स्मृतिसभा, सालिक अनावरण र उहाँका बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रमका लागि यहाँ आउने क्रममा आज जनकपुरधाम विमानस्थलमा पत्रकार सम्मेलनमा सभापति देउवाले राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहिन रहेको टिप्पनी गर्नुभयो ।
पूर्वराजा समर्थकले आन्दोलन गर्नु गणतन्त्र विरोधी गतिविधि भएकाले जनताको त्याग र सङ्घर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य नहुने उहाँले उल्लेख गर्नुभयो । सभापति देउवाले गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन रहेको भन्दै संसद् अवरोध नगर्न प्रतिपक्ष दललाई आग्रह गर्नुभयो ।
सभापति देउवा धनुषामा भोलिसम्म हुने विभिन्न कार्यक्रममा सरिक हुनुहुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ