२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसका नेताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच छलफल, कुन कुन विषयमा छलफल भयो ?

२०८२, २३ जेष्ठ बिहीबार १६:२३

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच छलफल भएको छ। आज बिहीबार संघीय संसद् भवनस्थित शंकर हलमा दुई दलका नेताबीच भिजिट भिसा प्रकरणको विषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक घिमिरे सहभागी थिए। त्यस्तै रास्वपाको तर्फबाट उपसभापति डा स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए। नेताहरूबीचको छलफल करिब एक घण्टा चलेको घिमिरेको भनाइ छ।

 

‘दुई दलका नेताहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भयो। खास गरी उहाँहरूले उठाउँदै आउनु भएको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाका बारेमा कुरा भयो,’ उनले भने, ‘हामीले यो विषय गृहमन्त्रीको राजीनामा दिनुपर्ने विषय होइन भनेर हामीले फेरि पनि दोहोर्‍यायौँ। एक घण्टाजतिको छलफलपछि उहाँहरू पार्टीमा छलफल गरेर थप निर्णय लिन्छौँ भनेर निस्किनु भयो।’

रास्वपाका नेताहरूले कांग्रेसका नेताहरूसँग छलफलका नै नगर्ने किन भनेर गुनासो गरेपछि उपसभापति खड्का छलफलक वातावरण बनाउन तयार भएका थिए। त्यसपछि घिमिरेले रास्वपाका कार्यवाहक सभापति डीपी अर्याललाई छलफलको समयबारे जानकारी गराएका थिए। अर्यालले पार्टीका तर्फबाट छलफलका लागि वाग्ले र परियारलाई जिम्मा दिएका थिए।

रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पनि नेताहरूबीच छलफल भएको बताए। गृहमन्त्रीको राजीनामा मात्रै नभई मानव तस्करीको कुरा पनि भएकोले यसलाई गम्भीर हुन कांग्रेसलाई आग्रह गरिएको बताए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला