२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेविरुद्ध रास्वपा र बालेन जस्ता लोकप्रियतावादमा विश्वास गर्ने पात्रहरूले आक्रमण गरिरहेका छन्: शंकर पोखरेल

२४ जेष्ठ २०८२, शुक्रबार १३:३४

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेमाथि अहिले चौतर्फी आक्रमण भएको बताएका छन् । नेकपा एमाले वाग्मती प्रदेशले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै पोखरेलले एमालेले गलत काम गरेको कारण आक्रमण भएको वा राम्रो काम गरेको कारण आक्रमण भइरहेको छ भन्ने बारेमा एमालेका नेता कार्यकर्ता स्पष्ट हुनुपर्ने बताए ।

एमाले माथिको आक्रमण गलत काम गरेको कारण नभई राम्रो काम गरेका कारण भएको उनको दाबी छ । पोखरेलले एमालेमाथि चार खालका शक्तिले आक्रमण गरिरहेका बताए । एमालेमाथि राजवादी, पूर्वपञ्च र मण्डलेहरू, माओवादी र एकीकृत समाजवादी लगायत आफूलाई कम्युनिस्ट भन्ने कम्युनिस्ट विरोधी, राष्ट्रिय स्वतन्त्र पार्टी तथा बालेन जस्ता लोकप्रियतावादमा विश्वास गर्ने र अन्तर्राष्ट्रिय भूमण्डलीकरणको अवस्थाको कारण नेपाललाई आफ्नो क्रिडास्थल बनाउन चाहने शक्तिले सामूहिक रूपमा एमाले माथि आक्रमण गरिरहेको पोखरेलले बताए ।

‘एमालेमाथि उनीहरूले सामूहिक रूपमा आक्रमण गरिरहेका छन् किनभने उनीहरूले एमालेलाई आफ्नो शत्रु ठानेका छन्,’उनले भने । पोखरेलले नेपालका राजनीतिक दलले देशमा विकासको काम गर्ने पर्याप्त समय नै नपाएका बताए । काम गर्न पाएको छोटा समयमा नै नेपालका राजनीतिक दलले देशका विकासको लागि ठुलो काम गरेको उनको भनाइ छ ।

उनले भने, बाहिरबाट भएको आक्रमणका विरुद्ध कसरी जाने भन्ने कुरामा हाम्रो पार्टी पङ्क्ति जिम्मेवार भएर लाग्नुपर्छ’साथै उनले भने, पार्टीको प्रचारमा एमालेका कार्यकर्ता कमजोर भएको भन्दै,पार्टीको सिङ्गो नेतृत्व यस बारेमा गम्भीर भए पनि कार्यकर्ता पङ्क्ति जिम्मेवार नदेखिएको बताए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ