२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१ दिनमा कति पटक खाना खानु उचित ? यस्ता छन् वैज्ञानिक आधार…….

२०८२, २४ जेष्ठ शुक्रबार १४:४९

काठमाडौँ । संसारमा सबै जीवित जीवजन्तुको पहिलो आवश्यकता नै हो खाना । खानाबिना मान्छेको मात्रै होइन कुनै पनि प्राणीको जीवन सम्भव छैन । खानपान र मान्छेको जीवनशैलीलाई जोडेर एउटा भनाइ निकै चर्चामा छ । भन्छन्-संसारमा खान नखाएर भन्दा पनि बढी खाएर रोगी र मृत्यु हुने मान्छेको संख्या धेरै छ । मान्छेको जीवनका लागि खानु जति जरुरी छ त्यति नै जरुरी हुन्छ,खानाको मात्रा,उचित खानेकुरा खानु र सही तरिकाले खानु ।

खानपाननै एउटा यस्तो विषय हो जसले मानिसको स्वास्थ्य, जीवनशैली, सांस्कृतिक पृष्ठभूमि, र व्यक्तिगत प्राथमिकतामा ठूलो प्रभाव पार्छ । दिनमा कति पटक खानु उपयुक्त छ भन्ने प्रश्नको जवाफ व्यक्तिको उमेर, स्वास्थ्य स्थिति, शारीरिक गतिविधि र कस्तो खानेकुरा खाइन्छ भन्ने कुरामा निर्भर रहन्छ र उनीहरूको सँस्कृतिक, आर्थिक र सामाजिक अवस्थाले पनि निर्धारण गर्छ ।

मान्छेको जैविक विशेषता तथा वैज्ञानिक आधारमा मान्छेले कति पटक खानु उपयुक्त हुन्छ त ?

दिनमा कति पटक खाने ?

मान्छेले दिनमा कति पटक खाने भन्ने कुरा ठ्याक्कै कतिपटक भनेर भन्न सकिँदैन तर,दिनमा कति पटक खानु उपयुक्त हुन्छ भन्ने कुरा व्यक्तिको शारीरिक अवस्था, जीवनशैली र उसको परिस्थितिमा पनि भर पर्छ ।

सामान्यतया वैज्ञानिक अध्ययनहरूले दिनमा ३ देखि ६ पटक खानु स्वास्थ्यका लागि उपयुक्त हुन सक्छ भन्ने सुझाव दिन्छन् । यद्यपि यो व्यक्तिको उमेर, मेटाबोलिक दर र खानपानको उद्देश्यमा निर्भर हुन्छ ।

सामान्य स्वस्थ्य व्यक्तिका लागि

सामान्य स्वस्थ व्यक्तिहरूका लागि दिनमा ३ पटक खाना खानु उपयुक्त मानिन्छ । यसका लागि बिहान, दिउँसो र साँझ समयलाई उपयुक्त ठानिन्छ । यसको बीचमा भोक लागेको खण्डमा हल्का खाजा-जस्तै फलफूल सलाद एक-दुईपटक पटक खाएर शरीरको उर्जा कामय राख्न सकिन्छ ।

तौल धेरै भएको व्यक्तिका लागि

वजन घटाउन वा नियन्त्रण गर्न चाहने व्यक्तिहरूका लागि, दिनमा ५-६ पटक हल्का खाना खानु लाभदायक हुन सक्छ । धेरै भोक लागेपछि एकै पटक धेरै खानु भन्दा थोरै-थोरै हल्का खाना खाएर अत्याधिक खाने बानी रोक्न, र मेटाबोलिज्मलाई सक्रिय राख्न मद्दत गर्छ ।

तर, यो विधि सबैका लागि उपयुक्त नहुन सक्छ । दिनमा २-३ पटक धेरै खाना खाएर बीचमा केही नखानु र धेरै पटक थोरै-थोरै खाना खाइरहनुले तौल नियन्त्रणमा उस्तै प्रभाव देखाउन केही अध्ययनहरूले देखाएका छन् । हामीले क्यालोरी सेवन सही ढंगले गरेका छैनौ भने खाने तरिका र समय बदल्दैमा मात्रै यसको प्रभाव नदेखिने अध्ययनहरूमा देखिएको छ ।

धेरै शारीरिक गतिविधि गर्ने तथा खेलाडीका लागि

दिनमा लामो समय शारीरीक श्रम गर्ने, खेलकूदमा सहभागी हुने वा मांसपेशी निर्माण गर्न चाहने व्यक्तिहरूका लागि, दिनमा ४-६ पटक खाना खानु उपयुक्त हुन्छ । यस्ता व्यक्तिहरूलाई प्रोटिन र क्यालोरीको नियमित आपूर्ति आवश्यक हुन्छ, जसले मांसपेशीको वृद्धि र रिकभरीमा सहयोग गर्छ । प्रोटिनयुक्त खाजा र खाना बारम्बार खानाले मांसपेशीको क्षय रोक्न र ऊर्जा स्तर कायम राख्न मद्दत गर्छ।

विशेष स्वास्थ्य अवस्थाका व्यक्तिका लागि

माथि पनि उल्लेख गरिसकिएको छ कि कति पटक खाने भन्ने कुरा व्यक्तिको शारीरिक अवस्था र परिस्थितिमा भर पर्छ । यदि व्यक्तिलाई कुनै प्रकारको स्वास्थ्य समस्या छ, महिला गर्भवती भएको अवस्था छ भने चिकित्सक तथा पोषणविद्को सल्लाह लिएर समय र खानाबारे निर्णय लिनु उपयुक्त हुन्छ । जस्तो कसैलाई मधुमेह, उच्च रक्तचापको समस्या छ भने उसका लागि खानपानको समय र प्राथमिकता एक खालको हुन्छ । कसैलाई कुपोषण, क्षयरोग छ भने उसलाई फरक खालको खानपान र समय निर्धारण आवश्यक हुन्छ ।

वैज्ञानिक आधार

वैज्ञानिक अध्ययनहरूमा खानपानको समयबारे एकरूपता छैन। हामीले खाने क्यालोरी समान छ भने दिनमा ३ पटक वा ६ पटक खानुले खासै प्रभाव नपार्ने २०१५ को एक अध्ययनले देखाएको थियो । यद्यपि, बारम्बार खानाले रक्त रञ्चारको स्तर र भोक नियन्त्रणमा सकारात्मक प्रभाव पार्न सक्ने अध्ययनले भनेको थियो।

सांस्कृतिक र व्यक्तिगत प्राथमिकता

खानपानको आवृत्ति सांस्कृतिक र व्यक्तिगत प्राथमिकतामा पनि निर्भर हुन्छ। उदाहरणका लागि, नेपालमा सामान्यतया दिनमा २ पटक टन्न खाना दाल-भात-तरकारी खाने अनि बीचमा १-२ पटक हल्का खाजा खाने चलन छ । तर, व्यक्तिगत प्राथमिकताले पनि यो कुरालाई प्रभाव पार्छ । कसैलाई दिनमा धेरै पटक अलिलि खान मनपर्छ भने कसैलाई थोरै पटक तर धेरै खान मनपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन