२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वासिलो छानबिनको वातावरण बन्यो भने संसद्को अवरोध खुल्छ: प्रचण्ड

२०८२, २४ जेष्ठ शुक्रबार १५:५९

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को अवरोध हटाउन गृहमन्त्रीको राजीनामा प्राथमिक विषय नरहेको संकेत गरेका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठकपछि माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले विश्वासिलो छानबिनको वातावरण बने संसद्को अवरोध खुल्ने बताए ।

“हामी प्रतिपक्षीहरू बस्यौँ । प्रतिपक्षीहरूबीच छानबिन महत्त्वपूर्ण कुरा हो । विश्वासिलो छानबिनको वातावरण बन्यो भने यो विषय अघि बढाउन सकिन्छ भन्ने भएको छ,” प्रचण्डले भने, “प्रतिपक्षीहरूबाट शेरबहादुर देउवासँगै छलफल गर्नुपर्छ कि भन्ने भएको छ ।”

यसअघि सत्तारुढ नेपाली कांग्रेसका नेताहरूले प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए । उपसभापति पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, प्रमुख सचेतक श्याम घिमिरेलगायत र प्रतिपक्षीबीच छलफलपछि शुक्रबारको बैठक सूचना टाँसेर स्थगित गर्ने सहमति भएको थियो ।

प्रचण्डले एक–दुई दिनभित्र सकारात्मक रूपमा समस्या टुंगिने विश्वास व्यक्त गरे । सत्तापक्षले अख्तियारको छानबिन जारी रहँदा अन्य छानबिन नबनाउने कि भन्ने आशय राखेको उनले बताए । यद्यपि, छानबिन गर्ने विषयमा सहमत भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन