२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वासिलो छानबिनको वातावरण बन्यो भने संसद्को अवरोध खुल्छ: प्रचण्ड

२४ जेष्ठ २०८२, शुक्रबार १५:५९

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को अवरोध हटाउन गृहमन्त्रीको राजीनामा प्राथमिक विषय नरहेको संकेत गरेका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठकपछि माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले विश्वासिलो छानबिनको वातावरण बने संसद्को अवरोध खुल्ने बताए ।

“हामी प्रतिपक्षीहरू बस्यौँ । प्रतिपक्षीहरूबीच छानबिन महत्त्वपूर्ण कुरा हो । विश्वासिलो छानबिनको वातावरण बन्यो भने यो विषय अघि बढाउन सकिन्छ भन्ने भएको छ,” प्रचण्डले भने, “प्रतिपक्षीहरूबाट शेरबहादुर देउवासँगै छलफल गर्नुपर्छ कि भन्ने भएको छ ।”

यसअघि सत्तारुढ नेपाली कांग्रेसका नेताहरूले प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए । उपसभापति पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, प्रमुख सचेतक श्याम घिमिरेलगायत र प्रतिपक्षीबीच छलफलपछि शुक्रबारको बैठक सूचना टाँसेर स्थगित गर्ने सहमति भएको थियो ।

प्रचण्डले एक–दुई दिनभित्र सकारात्मक रूपमा समस्या टुंगिने विश्वास व्यक्त गरे । सत्तापक्षले अख्तियारको छानबिन जारी रहँदा अन्य छानबिन नबनाउने कि भन्ने आशय राखेको उनले बताए । यद्यपि, छानबिन गर्ने विषयमा सहमत भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ