२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रासस–तस्बिर प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्नेछ’

२०८२, २४ जेष्ठ शुक्रबार १७:३२

काठमाडौँ | ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले राससले गणतन्त्र दिवस–२०८२ का अवसरमा आयोजना गरेको ‘तस्बिर प्रदर्शनी’ले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । राससले गत जेठ ११ गतेदेखि आयोजना गरेको प्रदर्शनीको आज अवलोकलन गर्दै उहाँले प्रदर्शनीमा राखिएका तस्बिरलाई ‘डिजिटलाइजेसन’ गर्न सुझाव दिनुभयो ।

भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्र्रो पहिचान’ आयोजित प्रदर्शनीमा हिन्दूकुश हिमशृङ्खलका हिमाल, हिमाली र पहाडी जनजीवन तथा देशका प्रमुख पर्यटकीयस्थलका ९६ वटा तस्बिर समेटिएका छन् ।

उहाँले भन्नुभयो, “हामी नेपालमै जन्मेको र हुर्केको र पेसा पनि यही नै गर्ने भन्ने हिसाबले सामान्य लाग्न सक्छ, तर अरुलाई देखाउनका लागि आजको जमानामा प्रविधिको प्रयोग गर्नुपर्छ, त्यसो गर्दा नेपाल नसुनेको मान्छेले पनि नेपाललाई खोज्छ र त्यसले देशको पयर्टन क्षेत्रको प्रवर्द्धन हुन्छ भन्ने लाग्छ”, अध्यक्ष पाण्डेले राससले मिडिया सङ्ग्राहलय र बुलेटिन सङ्कलन गरेर इतिहासको संरक्षण गर्ने काम गरेको भन्दै राससको समाचार बुलेलिनबाट नेपालमा समाचारको सुरुआत कसरी भयो भन्ने जिज्ञासा मेटाउन सकिने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “म पनि पेसागत रूपमा हिमालसँग जोडिएको हुनाले राससले हिमाल, प्रकृति, ताल र त्यस क्षेत्रको बस्ती, रहनसहनलाई जोडेर प्रदर्शनीको आयोजना गर्नु आफैँमा राम्रो काम हो ।”

जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले व्यहोर्नुपरेका समस्याप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले नेपाल सरकारद्वारा हालै सम्पन्न ‘सगरमाथा संवाद’ कार्यक्रमलाई जोडेर रासस समाचारदाता र फोटो पत्रकारले विभिन्न कालखण्डमा खिचेका हिमाल, पर्वत तथा पर्यटकीयस्थलसम्बन्धी तस्बिर प्रदर्शनीमा समावेश छन् । ग्राहकको मागलाई दृष्टिगत गरी राससले आफ्ना उत्पादनमा विविधता थपिरहेको सन्दर्भमा प्रदर्शनीले राससका समाचार र तस्बिरलाई अझ समृद्ध बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । राससले गत वर्ष भौतिक पूर्वाधार निर्माण र त्यसअघि मुलुकको सांस्कृतिक विविधतासम्बन्धी प्रदर्शनी गरेको थियो । राससले प्रकाशित बुलेटिन सङ्कलन गर्दैगर्दा नयाँ पुस्ताको लागि उपयोगी हुने उहाँको अध्यक्ष पाण्डेको भनाइ छ ।

जलवायु परिवर्तनबाट मानव सभ्यतामा आएको चुनौती, हिमाल र हिमाली जनजीवनमा परेको प्रभावबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ आवाज उठाइरहेका अवस्थामा हिमालको संरक्षणका लागि बहस र पैरवी गर्न प्रदर्शनीबाट योगदान पुग्नेमा रासस विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन