३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो’

२६ जेष्ठ २०८२, आईतवार १२:४७

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेल पर्यटनका लागि उर्वर भूमि भएको बताउनुभएको छ । विश्व म्याराथनको साझा संस्था एशोेसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स)का पदाधिकारीहरूसँग आज शीतल निवासमा भएको भेटमा उहाँले उक्त कुरा बताउनुभएको हो ।

“सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि पश्चिम तराईको नेपालगञ्जसम्म लामो दूरीका दौड सफलतापूर्वक भइरहेका छन्, हाम्रो भौगोलिक विविधता सुहाउँदा दौडले पक्कै पनि खेल पर्यटनमा नयाँ सम्भावनाको ढोका खोलन सक्छ भन्ने मेरो विश्वास छ, यसमा एम्सजस्ता अन्तरराष्ट्रिय सङ्गठनले नेपालको खेल पर्यटनलाई प्रोत्साहन गरुन् भन्ने हाम्रो अपेक्षा छ”, राष्ट्रपति पौडेललाई उद्धृत गर्दै उहाँको निजी सचिवालयले जनाएको छ ।

उहाँले विश्वशान्ति, भ्रातृत्व र सद्भावका लागि खेलकुदको ठूलो महत्व रहेको बताउँदै त्यसमा पनि दौड संस्कृतिले स्वास्थ्य, स्वस्थ प्रतिस्पर्धा र समुन्नत समाजको निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालले पनि खेलकुद्को विकासका लागि प्रयत्न गरिरहेको र सरकारले खेलकुद क्षेत्रको विकासका लागि बर्सेनि लगानी बढाइरहेको जानकारी दिँदै उहाँले निजी क्षेत्रबाट पनि खेलकुदको विकासमा सहयोग भइरहेको बताउनुभयो । एम्सको बोर्ड बैठकका लागि नेपाललाई छनोट गरिएकामा राष्ट्रपतिले कृतज्ञता ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ