२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विधेयक कहिले आउँछ भनी कुरेर बसेका छौँः अध्यक्ष दाहाल

२०८२, २६ जेष्ठ आईतवार १४:५५

काठमाडौँ | राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नीति निर्माण गर्ने महत्वपूर्ण थलो भएकाले जनचाहना र भावनाअनुरुप अघि बढनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)सँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रतिनिधिसभा सञ्चालन नहुँदा सङ्घीयता र संविधान कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, प्रहरी, विद्यालय शिक्षाजस्ता अति महत्वपूर्ण विधेयक अगाडि बढ्न नसकेको प्रतिक्रिया दिनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “महत्वपूर्ण विधेयक प्रतिनिधिसभामा थन्किएका छन्, हामी त्यता कहिले आउँछन् र छलफल गरौला भनी हेरेर बसेका छौँ । त्यो सभा छिटो चल्दिएहुन्थ्यो भन्ने हाम्रो चाहना र भावना हो ।”

विगतमा जस्तो प्रतिनिधिसभा अवरुद्ध हुँदा राष्ट्रियसभा पनि नचल्ने प्रवृतिलाई रोकिएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “राष्ट्रियसभाले संविधानमा गरेको परिभाषा र दिएको अधिकार बमोजिम मेहनतकासाथ काम गरेकाले हिजोका गलत अभ्यास छाडिएका हुन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन