३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यद्धन प्रवर्द्धन गर्दै जानुपर्छ’

२६ जेष्ठ २०८२, आईतवार १५:२३

काठमाडौँ | कोशी प्रदेश सरकारका प्रमुख परशुराम खापुङले नेपालका हिमाल र साहसिक पर्यटकीयस्थल राष्ट्रका अमूल्य सम्पत्ति भएकाले यसलाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्ने बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि प्रदेश प्रमुख खापुङले नेपालको हिमाली पर्यटन, जनजीवन, सभ्यता र संस्कृतिलाई प्रवर्द्धन गरी बढी भन्दा बढी विदेशी पर्यटक आकर्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “राससकोतर्फबाट तपाईंहरूले गर्नुभएको काम प्रशंसनीय छ । यसले मुलुकमा रहेका पर्यटकीयस्थानका साथै पर्वतीय पर्यटनका सम्भावना, हिमाली जनजीवन, वातावरणलगायत पक्षका बारेमा जानकारी दिएको छ । यसलाई सबैको सहकार्य र समन्वयमा ब्राण्डिङ गरिनुपर्छ ।”

प्रमुख खापुङले हिमाल र साहसिक गतिविधिलाई समेटेर गरिएको तस्बिर प्रदर्शनीले पछिल्लो समय ‘मुलुकमा केही छैन र केही भएन’ भन्ने नकारात्मक भाष्यलाई चिर्दै देशमा केही भइरहेको छ भनी जनतामा आशा जगाउन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“पछिल्ला दिनमा नकारात्मक कुरा गरेर देशमा केही भएको छैन भन्ने भाष्य सिर्जना गरिएको छ, यो गलत हो”, उहाँले भन्नुभयो, “जुन ठाउँमा मोटरबाटो पुगेको थिएन अहिले पुगेको छ । ठाउँठाउँमा जहाज उडेका छन् । टेलिफोन र इन्टरनेट सेवा विस्तार भएको छ । जति गर्नुपथ्र्यो त्यति गर्नसकिएको छैन होला तर, प्रगति भएको छ ।”

प्रदेश प्रमुख खापुङले राससको तस्बिर अवलोकन गरेर देश र विकासलाई पुनःसाक्षात्कार गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सर्वप्रथम मलाई यति महत्त्वपूर्ण अवसर जुराइदिनुभएकोमा रासस परिवारप्रति आभार र विशेष धन्यवाद दिन चाहन्छु, आगामी दिनमा लक्ष्य प्राप्तिमा राससलाई सफलता मिलोस् शुभकामना छ ।”

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमाल, हिमाली जनजीवनका विविध पक्षको महत्त्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुगेको विश्वास व्यक्त गर्नुभयो । उहाँले गणतन्त्रप्राप्तिपछि केही भएको छैन भन्ने भाष्यलाई चिर्न प्रदर्शनी सान्दर्भिक रहेको उल्लेख गर्नुभयो ।

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन र प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ