२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यद्धन प्रवर्द्धन गर्दै जानुपर्छ’

२०८२, २६ जेष्ठ आईतवार १५:२३

काठमाडौँ | कोशी प्रदेश सरकारका प्रमुख परशुराम खापुङले नेपालका हिमाल र साहसिक पर्यटकीयस्थल राष्ट्रका अमूल्य सम्पत्ति भएकाले यसलाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्ने बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि प्रदेश प्रमुख खापुङले नेपालको हिमाली पर्यटन, जनजीवन, सभ्यता र संस्कृतिलाई प्रवर्द्धन गरी बढी भन्दा बढी विदेशी पर्यटक आकर्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “राससकोतर्फबाट तपाईंहरूले गर्नुभएको काम प्रशंसनीय छ । यसले मुलुकमा रहेका पर्यटकीयस्थानका साथै पर्वतीय पर्यटनका सम्भावना, हिमाली जनजीवन, वातावरणलगायत पक्षका बारेमा जानकारी दिएको छ । यसलाई सबैको सहकार्य र समन्वयमा ब्राण्डिङ गरिनुपर्छ ।”

प्रमुख खापुङले हिमाल र साहसिक गतिविधिलाई समेटेर गरिएको तस्बिर प्रदर्शनीले पछिल्लो समय ‘मुलुकमा केही छैन र केही भएन’ भन्ने नकारात्मक भाष्यलाई चिर्दै देशमा केही भइरहेको छ भनी जनतामा आशा जगाउन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“पछिल्ला दिनमा नकारात्मक कुरा गरेर देशमा केही भएको छैन भन्ने भाष्य सिर्जना गरिएको छ, यो गलत हो”, उहाँले भन्नुभयो, “जुन ठाउँमा मोटरबाटो पुगेको थिएन अहिले पुगेको छ । ठाउँठाउँमा जहाज उडेका छन् । टेलिफोन र इन्टरनेट सेवा विस्तार भएको छ । जति गर्नुपथ्र्यो त्यति गर्नसकिएको छैन होला तर, प्रगति भएको छ ।”

प्रदेश प्रमुख खापुङले राससको तस्बिर अवलोकन गरेर देश र विकासलाई पुनःसाक्षात्कार गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सर्वप्रथम मलाई यति महत्त्वपूर्ण अवसर जुराइदिनुभएकोमा रासस परिवारप्रति आभार र विशेष धन्यवाद दिन चाहन्छु, आगामी दिनमा लक्ष्य प्राप्तिमा राससलाई सफलता मिलोस् शुभकामना छ ।”

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमाल, हिमाली जनजीवनका विविध पक्षको महत्त्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुगेको विश्वास व्यक्त गर्नुभयो । उहाँले गणतन्त्रप्राप्तिपछि केही भएको छैन भन्ने भाष्यलाई चिर्न प्रदर्शनी सान्दर्भिक रहेको उल्लेख गर्नुभयो ।

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन र प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन