३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दर्शकसँगै कलाकारले हेरे ‘जन्ते बाख्रो’

२६ जेष्ठ २०८२, आईतवार १६:२५

काठमाडौँ | चलचित्र निर्माण समूह र कलाकारले ‘दर्शक’सँगै बसेर नेपाली चलचित्र ‘जन्ते बाख्रो’ हेरेका छन् । समग्रमा दर्शकको प्रतिक्रिया बुझ्ने उद्देश्यले आफूहरू चलचित्र हेर्न आएको अभिनेता आशिफ शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो,“चलचित्रका निर्माण समूह र हामी कलाकार विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिइरहेका छौँ । सोही क्रममा केही चलचित्र भवनमा हामीले चलचित्र हेरका हौँ । हामीले कलाकारले चलचित्रभन्दा पनि दर्शक हेरिरहेका थियौँ, हामीले कल्पना गरेर तयार गरेको कथा–पटकथासहितको दृश्यलाई दर्शकले कसरी बुझ्नुभएको छ, भन्ने जिज्ञासा मेटिएको छ । दर्शक प्रतिक्रियाबाट हामी खुसी छौँ ।”

अभिनेता शाह झैँ अभिनेता सौगात मल्ल पनि दर्शकले दिनुभएको प्रतिक्रियाले आफ्नो मेहनतको प्रतिफल पाएको बताउनुहुन्छ । “यस आगाडिका चलचित्रभन्दा फरक देखिने कोसिस गरेको थिएँ । म आफ्नो मेहनतमा सफल भएँ जस्तो लागेको छ, किनकि दर्शकले मलाई यस्तो शैलीको भूमिका पनि सुहाउने प्रतिक्रिया दिनुभयो”, उहाँले भन्नुभयो ।

ग्रामीण परिवेश र जीवनलाई प्रस्तुत गरिएको चलचित्रमा बेहुली लिएर फर्किएको बेहुलासहितको जन्तीलाई बेहुली पक्षले बाटोमा भोज गर्न दिएको खसी वा बेहुली भित्राएपछि हुने भतेर (भोज) ‘जन्ते बाख्रो’ को प्रशङ्ग जोडेर कथा तयार गरिएको उहाँले जानकारी दिनुभयो ।

“लेखिएको पात्रले भोग्ने कथा र परिवेशले पात्रलाई तयार गर्छ । तर, मैले आफ्ना भोगाइलाई समावेश गर्ने गरेको छु । ‘जन्ते बाख्रो’ मा मैले आफ्नो पात्रलाई बुझ्न र त्यसलाई निर्माण गर्न मौका पाएँ । लेखकसँग छलफल गरेर पात्रलाई निर्माण गर्न पाएकाले यो फरक देखिएको छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय ‘पार्टी प्यालेस’ मा विवाह गर्ने प्रचलन बढेसँगै ‘जन्ते बाख्रो’ खाने परम्परा हराउँदै गएको सन्दर्भमा चलचित्रले मनोरञ्जनसँगै सामाजिक रीतिथिति बुझाउने उहाँको भनाइ छ ।

प्रदीप भारद्वाजको लेखनमा तयार भएको चलचित्रमा अभिनेता मल्ल र शाहसँगै अभिनेत्री गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारले अभिनय गर्नुभएको छ । मुइन इन्टरटेनमेन्ट प्रालिका तर्फबाट सन्तोष गौतमले चलचित्र निर्माण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ