३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध खरो र दरोरुपमा उभिन वाईसीएललाई निर्देशन दिए

२७ जेष्ठ २०८२, सोमबार १२:१८

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध खरो र दरोरुपमा उभिन वाईसीएललाई निर्देशन दिएका छन्। सोमबार माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (YCL) को तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन्।

जनयुद्ध र जनआन्दोलनबाट उपलब्धीहरू उल्ट्याउने प्रयास भइरहेको भन्दै उनले त्यसका विरुद्ध सशक्तरुपमा उत्रिन भनेका हुन्। ‘प्रतिक्रियावादी र प्रतिगमनकारीहरूले हामीले जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरूलाई उल्ट्याउन सकिन्छ कि भनेर लागिपरेका छन्। कहिनकहि जनयुद्धको, माओवादी आन्दोलनको, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोशिस पनि भइरहेका छन्,’उनले भने,’यो टिमले पार्टीको लिडरसीपमा, पार्टीको आदेशमा सबैखाले प्रतिक्रियावादी र प्रतिगमनका विरुद्ध आफूलाई खरो र दरो सावित गर्नेछ भन्ने मलाई लागेको छ।’

संगठनलाई गतिशीत बनाउन वाईसीएलले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे। अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको आधार तयार पार्ने काममा पार्टी रहेको र यसमा युवा र वाईसीएलको महत्वपूर्ण भूमिका रहने बताए। नयाँ क्रान्तिको माध्यमबाट मुलुकमा राजनीतिक स्थायीत्व र भ्रष्टाचारको अन्त्य गर्दै आर्थिक समृद्धि कायम गर्ने मुख्य जिम्मेवारी माओवादीको भएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ