३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वसञ्चारमन्त्री बास्कोटाद्वारा तस्बिर प्रदर्शनी अवलोकन

२७ जेष्ठ २०८२, सोमबार १४:००

काठमाडौँ | पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटन ः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभएको छ ।

यही जेठ ११ गतेदेखि सुरू भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर समावेश छ ।

तस्बिर अवलोकनपछि उहाँले यस्ता प्रदर्शनीमा मुलुकका सबै क्षेत्र र भूभागको जनजीवन र विविधतासहित सिङ्गो नेपाल झल्किएको देखिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिमाली र उच्च पहाडी भेगको जनजीवन समेटिएको पाइयो । यसमा मध्यपहाडी र तराईलाई पनि समेटिनुपर्छ, आगामी दिनमा त्यो होस् ।”

त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले उहाँलाई स्वागत गर्दै नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे एउटै स्थलबाट जानकारी दिन सकियोस् भनी प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो । यसअघि राससले एक वर्ष नेपालका संस्कृति र सम्पदा तथा अघिल्लो वर्ष भौतिक पूर्वाधार निर्माण विषयमा केन्द्रित रही तस्बिर प्रदर्शनी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ