२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विप्लव र माधव नेपालको पार्टीसँग हाम्रो मोर्चा बनेकै छ,एकताबारे छलफल चलिरहेको छ’: प्रचण्ड

२०८२, २८ जेष्ठ मंगलवार १४:०९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपाल र विप्लवसँग पार्टी एकताको छलफल चलिरहेको बताएका छन् । मंगलबार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामा रहेका माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासँग एकताको छलफल चलिरहेको बताएका हुन् ।

‘केही दिन अघि दुईवटा पार्टीसँग एकता समायोजन पनि भयो । अहिले अरु पार्टीसँग पनि एकताको निम्ति छलपल चलेको छ,’ प्रचण्डले भनेका छन्, ‘विप्लव र माधव नेपालले नेतृत्व गरेको पार्टीसँग पनि हाम्रो मोर्चा त बनेकै छ । पार्टी एकताबारे पनि छलफल चलिरहेको छ ।’

प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको र अभियानका क्रममा माओवादीको पक्षमा जनमत बढ्दै गएको देखिएको पनि जिकिर गरे ।

‘देशैभर एकचोटी माओवादी केन्द्रको पक्षमा माहोल बन्दै गएको छ । यो परिस्थितिमा पार्टी केन्द्रले पनि अझै राम्रोसँग जनतासँग जोडिने भनेर हामीले विशेष योजना अन्तर्गत नै अभियान चलेको छ,’ प्रचण्डले भनेका छन् ।

उनले हुलाकी राजमार्ग केन्द्रीत अभियानकै क्रममा पनि ८/१० हजार मान्छे पार्टी प्रवेश गरेको दाबी गरे ।

‘हुलाकी मार्गमा मात्रै ८/१० हजार मान्छे पार्टी प्रवेश गरेको रेकर्ड देखियो । यो माओवादीप्रति देखिएको सकारात्मक भाव हो,’ प्रचण्डले भनेका छन् । प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउने गरि ध्रुविककरणको कार्यलाई प्राथमिकतामा राखिएको जिकिर पनि गरे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन