२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकारिताका विद्यार्थीद्वारा रासस फोटो प्रदर्शनी अवलोकन

२८ जेष्ठ २०८२, मंगलवार १४:२९
काठमाडौँ । रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातक तहमा  पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थीले आज राष्ट्रिय समाचार समिति(रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकन गरेका छन् ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा आयोजित प्रदर्शनीमार्फत विद्यार्थीलाई कक्षा कोठादेखि समाचार कक्षसम्म जोडनका लागि सहयोग पुग्ने रत्नराज्यलक्ष्मी क्याम्पसका सहायक प्राध्यापक शान्तराम बिडारीले बताउनुभयो । सो क्रममा विद्यार्थीले फोटो प्रदर्शनीसँगै राससको सङ्ग्रहालय, समाचार सङ्कल्न र सम्पादन कक्षको अवलोकन गरेका थिए । पत्रकारिताको सैद्धान्तिक अध्ययनसँगै राससको फोटो प्रदर्शनीले विद्यार्थीलाई व्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुगेको उहाँले बताउनुभयो ।
“पत्रकारिताको सिद्धान्त धेरै पढ्छाँै, त्यसको व्यवहारिक ज्ञान र जटिलता बुझनका लागि विद्यार्थीलाई स्थलगत भ्रमण गराएका हौँ”, उहाँले भन्नुभयो, “हाम्रा कतिपय विद्यार्थी पत्रकारिताको अभ्यास गरिरहनुभएको छ । विद्यार्थीलाई राससको अवलोकन गराउँदा  समाचार कसरी सङ्कलन, सम्पादन र सम्प्रेषण हुन्छ त्यो प्रक्रिया बुझाउन सहयोग पुगेको छ ।”
राससका महाप्रबन्धक सिद्धराज राईले देशभित्रका सम्भावनालाई प्रदर्शनीमार्फत प्रस्तुत गर्न खोजिएको बताउनुभयो । उहाँले विद्यार्थीलाई प्रदर्शनीबारे जानकारी दिँदै जलवायु परिवर्तनले नेपालमा परेको असरलाई विश्व समुदायसम्म मुद्दाका रूपमा पुर्याउन पहल गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
“देशमा केही भएन भन्ने भाष्यले नयाँ पुस्तामा निराशा छ ।  राससले देशमा भएका सम्भावनालाई प्रदर्शनीमार्फत देखाउन खोजिएको छ”, उहाँले भन्न
विद्यार्थीले प्रदर्शनी प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन् । स्नातक तह पहिलो वर्षमा अध्ययनरत विपिन बरालले राससको फोटो प्रदर्शनीलाई रोचक र सन्देशमुलक भएको प्रतिक्रिया दिनुभयो ।  पहिलो पटक समाचार कक्ष अवलोकन गर्नुभएका स्नातक दोस्रो वर्षमा अध्ययनरत कविता पौडेल र सूचना घलानले आफूहरुलाई पत्रकारिता विषयबारे बुझ्न मद्दत पुगेको बताउनुभयो । स्नातक तहमा पत्रकारिता विषयमा अध्ययनरत निशा भण्डारीले तस्बिर प्रदर्शनीको अवलोकन गरेपछि पत्रकारिता गर्न प्रेरणा मिलेको बताउनुभयो ।
यही जेठ ११ गतेदेखि सुरु भएको तस्बिर प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धीसहित ९६ तस्बिर राखिएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान