२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राससको तस्बिर प्रदर्शनीबाट नेपाललाई संसारमा चिनाउन मद्दत पुग्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

२०८२, २८ जेष्ठ मंगलवार १६:२६
 काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राससको तस्बिर प्रदर्शनीले नेपाललाई संसारमा चिनाउन मद्दत पुग्ने बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज यहाँ अवलोकनपछि अध्यक्ष डा भट्टराईले संसारकै उच्च हिमशृङ्खला र साहसिक गन्तव्यको संयोजनले नेपालको गन्तव्य प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।
“संसारकै उच्च हिमालय शृङ्खलालाई नजिकबाट अवलोकन गरेर सजीव चित्रमा उतारिएको छ,” उहाँले भन्नुभयो, “सुन्दर तस्बिरले नेपाललाई संसारमा चिनाउन मद्दत पुग्छ । खासगरी राससका पत्रकारहरुले असाध्यै उच्च भेगमा पुगेर त्यहाँको चित्र सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ ।”
अध्यक्ष डा भट्टराईले तस्बिर प्रदर्शनीले नेपालीहरु स्वयम्लाई नेपाल बुझ्न र घुम्न प्रेरित गर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पर्यावरण विनाशको विश्वव्यापी चर्चा छ । हिमाललाई तेस्रो पोलर पनि भनिन्छ । हालै सरकारले सगरमाथा संवाद पनि आयोजना गरेको छ, यसलाई अझै अगाडि बढाउन तस्बिर प्रदर्शनीबाट मद्दत पुग्छ ।”
अहिले नेपालमा सबैथोक भए पनि यसलाई आधुनिक ज्ञान, विज्ञान र प्रविधिको प्रयोगले जीवन उपयोगी वस्तु तथा  सेवामा परिणत गर्न नसक्दा युवामा निराशा उत्पन्न भएको अध्यक्ष डा भट्टराईले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा के छैन ? सबैथोक छ । तर यसलाई आधुनिक प्रविधिमैत्री बनाउन नसक्दा युवामा एककिसिमको निराशा देखिन्छ । दृढ इच्छाशक्ति र सोच बन्यो भने नेपाल बनाउन सकिन्छ भन्ने सन्देश युवापुस्तालाई जान्छ ।”
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको तस्बिर प्रदर्शनीले नेपालका हिमालको महत्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालका अमूल्य निधि हिमाल तथा पर्यटकीय गन्तव्यको  प्रवद्र्धन गरेर बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न नीतिगत र संरचनागत सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन