३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राससको तस्बिर प्रदर्शनीबाट नेपाललाई संसारमा चिनाउन मद्दत पुग्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

२८ जेष्ठ २०८२, मंगलवार १६:२६
 काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राससको तस्बिर प्रदर्शनीले नेपाललाई संसारमा चिनाउन मद्दत पुग्ने बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज यहाँ अवलोकनपछि अध्यक्ष डा भट्टराईले संसारकै उच्च हिमशृङ्खला र साहसिक गन्तव्यको संयोजनले नेपालको गन्तव्य प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।
“संसारकै उच्च हिमालय शृङ्खलालाई नजिकबाट अवलोकन गरेर सजीव चित्रमा उतारिएको छ,” उहाँले भन्नुभयो, “सुन्दर तस्बिरले नेपाललाई संसारमा चिनाउन मद्दत पुग्छ । खासगरी राससका पत्रकारहरुले असाध्यै उच्च भेगमा पुगेर त्यहाँको चित्र सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ ।”
अध्यक्ष डा भट्टराईले तस्बिर प्रदर्शनीले नेपालीहरु स्वयम्लाई नेपाल बुझ्न र घुम्न प्रेरित गर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पर्यावरण विनाशको विश्वव्यापी चर्चा छ । हिमाललाई तेस्रो पोलर पनि भनिन्छ । हालै सरकारले सगरमाथा संवाद पनि आयोजना गरेको छ, यसलाई अझै अगाडि बढाउन तस्बिर प्रदर्शनीबाट मद्दत पुग्छ ।”
अहिले नेपालमा सबैथोक भए पनि यसलाई आधुनिक ज्ञान, विज्ञान र प्रविधिको प्रयोगले जीवन उपयोगी वस्तु तथा  सेवामा परिणत गर्न नसक्दा युवामा निराशा उत्पन्न भएको अध्यक्ष डा भट्टराईले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा के छैन ? सबैथोक छ । तर यसलाई आधुनिक प्रविधिमैत्री बनाउन नसक्दा युवामा एककिसिमको निराशा देखिन्छ । दृढ इच्छाशक्ति र सोच बन्यो भने नेपाल बनाउन सकिन्छ भन्ने सन्देश युवापुस्तालाई जान्छ ।”
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको तस्बिर प्रदर्शनीले नेपालका हिमालको महत्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालका अमूल्य निधि हिमाल तथा पर्यटकीय गन्तव्यको  प्रवद्र्धन गरेर बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न नीतिगत र संरचनागत सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ