३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमालका तस्बिर प्रदर्शनीबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने

२८ जेष्ठ २०८२, मंगलवार १७:३०
काठमाडौँ ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले पछिल्लो  समय देशका प्राकृतिक र सांस्कृतिक सम्पदाका माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि राष्ट्रिय समाचार समिति (रासस)ले प्रचारात्मक काम गरेको गरिरहेको बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपछि उहाँले  नेपालका राष्ट्रिय गौरवका रुपमा रहेको हिमालसम्बन्धी तस्बिर प्रदर्शनी महत्वपूर्ण रहेको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो,“पर्यटक भित्र्याउन आवश्यक प्रचारात्मक व्यवस्था गरिनुपर्छ, अहिले हामीले उनीहरुलाई जाहेजस्तो सेवा सधिवा उपलब्ध गर्न सकेका छैनौँ । पाहुँनालाई सेवा सुविधा राम्रो दिन सक्यौँ भने पर्यटककै देशको आर्थिक विकासमा टेवा पुग्न सक्छ ।”
देशको अर्थतन्त्रमा कसरी विकास हुन सक्छ भन्नेमा राजनीतिक दल र सरकारले गहन अध्ययन र मेहनत गर्न आवश्यक रहेको जनाउँदै सभापति थापाले भन्नुभयो “अरुसँग माग्ने ल्याउने र वितरण गर्ने प्रवित्तिले  देशको विकास हुन सक्दैन । सबै चिज भएर पनि देशलाई राम्रोसँग विकास गरेको भए निकै समृद्ध भइसक्थ्यो ।”
त्यसअघि सभापति थापालाई प्रदर्शनीस्थलमा स्वागत गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र दिवसका अवसरमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा देशका हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर समेटिएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ