३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तस्बिर प्रदर्शनीले पर्वतीय पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने

२९ जेष्ठ २०८२, बुधबार १४:५९

काठमाडौँ | न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष सङ्गीता खड्काले तस्बिर प्रदर्शनीले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि अध्यक्ष खड्काले प्रदर्शनमा राखिएका तस्बिरले विश्व समुदायसामु नेपालको पहिचानलाई प्रवर्द्धन गर्न सहयोग गर्ने बताउनुभयो । आगामी दिनमा आमनागरिकसामु पर्वतीय क्षेत्रको सौन्दर्यताको प्रचारप्रसार गर्न यस्ता तस्बिर प्रदर्शनी भइरहनुपर्ने सुझाव दिनुभयो ।

“राससले विगतदेखि विभिन्न विषयमा फोटो प्रदर्शनी आयोजना गरिरहेको छ । पर्वतीय पर्यटन, हिमशृङ्खला, हिमाली जनजीवनलगायत विषयसम्बन्धी महत्त्वपूर्ण फोटोहरू समावेश गरी प्रदर्शनीमा राख्दा यसले राज्यको एउटा चित्र देखाएको छ”, उहाँले भन्नुभयो, “नेपाल प्राकृतिक सम्पदामा कति धनी रहेछ भनेर यहाँका तस्बिरले देखाएको छ । राज्यले पर्वतीय पर्यटक प्रवर्द्धनका लागि यस क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ ।”

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले तस्बिर प्रदर्शनीले स्वदेशी तथा विदेशी पर्यटकलाई पर्वतीय क्षेत्रका बारेमा जानकारी दिनुका साथै प्रकृतिमा आधारित पर्यटक प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । “यस्ता प्रदर्शनीले पर्यटकीय क्षेत्रको ‘ब्रान्डिङ’ गर्नेछ भने पर्यटकीय विकासबाट मुलुकको समृद्धिमा टेवा पुग्नेछ”, उहाँले भन्नुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको तस्बिर प्रदर्शनीबारे जानकारी गराउँदै प्रदर्शनीले नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ