३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुडी समाजद्वारा महिला उपसमिति गठन

२९ जेष्ठ २०८२, बुधबार १५:३२

काठमाडौँ | महिलाको हकहितको संरक्षण, संवर्द्धन तथा सशक्तीकरणको माध्यमबाट लैङ्गिक न्याय सुनिश्चित गरी समाजको अग्रगामी रुपान्तरणका लागि सुडी समाज काठमाडौँले महिला उपसमिति गठन गरेको छ ।

सुडी समाज काठमाडौँद्वारा आज यहाँ आयोजित कार्यक्रममा श्रीमती अञ्जु साहको संयोजकमा गठित उक्त उपसमितिका सदस्यहरूमा बबिता पञ्जियार, ममता साह, पुनम साह (पूर्वे), गीता साह, मुन्नी साह र ममता साह हुनुहुन्छ ।

‘सबै महिलाका लागिः अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा समाजका अध्यक्ष शीतलप्रसाद महतोले समाजका महिलाको युग सुहाउँदो प्रविधिमा पहुँच विस्तार गर्ने, महिला सशक्तीकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप न्यूनीकरणका लागि महिला उपसमितिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले महिलालाई शिक्षित र आत्मनिर्भर बनाई समाजका हरेक गतिविधिमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्याय अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्ने नीति समाजको रहेको जानकारी दिनुभयो ।

समाजका उपाध्यक्ष शङ्कर साह सुडीले महिलाहरू आर्थिक रूपमा सक्षम भएमात्र आफ्ना हकअधिकार सुनिश्चित हुने धारणा राख्नुभयो । उपसमितिका संयोजक अञ्जु साहले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण र निर्णय प्रक्रियामा समान पहुँच सुनिश्चित गर्न महिलाले अझै मेहनत गर्न आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ