२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वरोजगामूलक शिक्षाका लागि आमुल परिवर्तन गर्न प्रधानमन्त्रीको जोड

२०८२, ३० जेष्ठ बिहीबार १५:२०
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयसभाको ९९औँ बैठकमा विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले रोजगारी सृजना र स्वरोजगार हुने जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभयो । यसका लागि काठमाडौँ विश्वविद्यालयले गरेका प्रयास सकारात्मक भएको उहाँको भनाइ थियो ।
उहाँले स्वास्थ्य, शिक्षा र अन्य विषयमा आम विद्यार्थीको पहुँचवृद्धि गर्न र चिकित्सा शिक्षामा मात्रै दिइँदै आइएको ७५ प्रतिशतसम्मको छात्रवृत्तिका बारेमा पुनःविचार गर्नुपर्ने धारणा राख्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति रघुुजी पन्तले शैक्षिक सुधार र रुपान्तरणका लागि प्रधानमन्त्री ओलीले लिनुभएको चासो र चिन्तालाई कार्यान्वयन गराउन आग्रह गर्दै मन्त्रालयका तर्फबाट नेपाललाई शैक्षिक हब बनाउन प्रयास गरिने बताउनुभयो ।
विश्वविद्यालयका उपकुुलपति प्रा डा अच्युतप्रसाद वाग्लेले शिक्षणका साथै अनुसन्धानात्मक विश्वविद्यालयको अवधारणालाई व्यवहारमा अनुवाद गर्ने नीति अनुरुप काम गरिने बताउनुभयो ।
दीक्षान्तका लागि ग्रेस लिष्ट पारित
बैठकले यही जेठ ३० गते धुलिखेलमा आयोजना हुने ३०औँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमका लागि विभिन्न स्कुललअन्तर्गत विभिन्न तहमा उपाधि हासिल गरेका एक हजार एक सय २९ विद्यार्थीको ग्रेस–लिष्ट स्वीकृत गरेको छ । ग्रेस लिष्टमा एक सय १८ विदेशी विद्यार्थी छन् ।
बैठकले रजिष्ट्रार प्रा डा राजीव श्रेष्ठद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ लागि अनुमानित रु चार अर्ब तीन करोड ८० लाख बजेटसहितको कार्यक्रम पारित गरेको छ । यसैगरी गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन र यस आर्थिक वर्षको कार्यप्रगति प्रतिवेदन पारित भएको छ ।
बैठकले विश्वव्रिद्यालयसभाको सदस्यका लागि चन्दादातामध्येबाट रत्ना कोइराला, लब्धप्रतिष्ठित विद्धानमध्येबाट त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडीन प्राडा दिव्या सिंह, सामुदायिक स्वास्थ्य विशेषज्ञ डा रीता थापा, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतम, मनोचिकित्सक अनन्तप्रसाद अधिकारी, विश्वविद्यालयका शिक्षकमध्येबाट डा विकास अधिकारीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालय र धुलिखेल अस्पतालबीच सहयात्राका नयाँ खाका
बैठकले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको भावी सहयात्राको नयाँ खाकासहितको प्रतिवेदन पनि पारित गरेको छ । दुुई संस्थाबीचको आपसी समस्याबारे गत माघ ४ गतेको सभा बैठकमा समाधानसहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सहजीकरण समितिले दिएको प्रतिवेदन पारित भएको हो । नयाँ खाका अनुसार दुुई संस्था आपसमा सहयात्राबाट अलग हुन चाहेमा एकले अर्काेलाई छ वर्ष अगाडि जानकारी दिनुपर्ने लगायतका व्यवस्था गरिएका छन् ।
विश्वविद्यालयको २५ वर्षे यात्रा पुस्तकमा
सिनेट बैठकलगत्तै प्रधानमन्त्री ओलीबाट सो विश्वविद्यालयका संस्थापक रजिष्ट्रार डा सीताराम अधिकारीद्वारा लिखित ‘काठमाडौँ विश्वविद्यालयः पहिलो २५ वर्ष’ पुस्तकको भाग १ र २ को लोकार्पण गर्नुभयो । प्रधानमन्त्री ओलीले केही नभएको डाँडोबाट थालनी भएको विश्वविद्यालय स्थापनामा लागेका व्यक्तित्वबाट यस प्रकारको पुस्तक लेखनले इतिहास बुझ्न सघाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन