२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति रनिङ सिल्डको दोस्रो दिन नयाँ जुनियरमा राष्ट्रिय कीर्तिमान

३० जेष्ठ २०८२, बिहीबार १६:०९
काठमाडौँ । पन्ध्रौँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन आज एथलेटिक्समा चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।
छात्र ज्याभ्लिन थ्रो, छात्रा ८०० मिटर दौड र छात्र÷छात्राको चार गुणा ४०० मिटर रिलेमा कीर्तिमान कायम भएको हो । पहिलो दिन दुई कीर्तिमान बागमती प्रदेशका प्रवीण राना मगरले छात्र १०० मिटर दौड तथा सुदूरपश्चिम प्रदेशकी सङ्गीता विकले छात्रा ४०० मिटर दौडमा बनाएका थिए ।
दोस्रो दिनको खेल सकिँदा एथलेटिक्समा कुल ६ कीर्तिमान बनिसकेका छन् । तेस्रो तथा अन्तिम दिन शुक्रबार आठ स्वर्णको टुङ्गो लाग्ने छ ।
पहिलो दिन १० र दोस्रो दिन आठ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारुले २७ वर्षअघिको कीर्तिमान भङ्ग गर्दै नयाँ कीर्तिमान रचे । उनले ५७.४० मिटर थ्रो गर्दै २०५५ साल धीरेन्द्रजङ्ग शाहले बनाएको ५५.५० मिटरको कीर्तिमान भङ्ग गरेका हुन् । कर्णाली प्रदशेका सुशान्त नेपाली दोश्रो तथा सुदूरपश्चिमका लोकेश एडी तेश्रो भए ।
छात्रा ८०० मिटर दौड दुई मिनेट १७ सेकेन्डमा तय गर्दै गण्डकी प्रदेशकी नारायणी भण्डारीले कीर्तिमान बनाइन् । नारायणीले २०८१ सालमा सरिता खड्काले बनाएको दुई मिनेट २८.५ सेकेन्डको कीर्तिमान तोडिन् । बागमती प्रदेशकी भगवती खड्का दोस्रो तथा सुदूरपश्चिमकी सङ्गीता विक तेस्रो भए ।
छात्र चार गुणा ४०० मिटर रिलेमा बागमतीका प्रवीन राना मगर, निरज थारु, हस्त सुनार र शन्तबहादुर दराईको टोलीले कीर्तिमानी स्वर्ण जिते ।
उक्त टोलीले निर्धारित दूरी तीन मिनेट ३० सेकेन्डमा तय गरे । यसअघि चन्द्र बोहरा, अमित, कविर विक र सुक्वीरको टोलीको नाममा तीन मिनेट ३१ सेकेन्ड २०८० सालको कीर्तिमान थियो । गण्डकी दोश्रो तथा लुम्बिनी तेस्रो बने ।
सोही प्रस्तिपर्धाको छात्रा तर्फ बागमतीकै दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेल सम्मिलित टोलीले कीर्तिमान कायम गरे । टोलीले निर्धारित दूरी तय गर्न ४ मिनेट १२.८ सेकेन्ड लगाए । चार मिनेट १७.२ सेकेन्डको कीर्तिमान भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राणाको नाममा थियो । उनीहरुले २०८१ सालमा कीर्तिमान बनाएका थिए । सुदूरपश्चिम दोस्रो तथा गण्डकी तेस्रो स्थानमा रहे ।
छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमकी पूजा साउदले स्वर्ण जितिन् । पूजाले ३०.३२ मिटर थ्रो गरिन् । कोशीकी उर्मिला राईले रजत तथा बागमतीकी सिर्जना श्रेष्ठले कास्य जिते ।
छात्र ८०० मिटर दौडमा सुदूरपश्चिमका विक्रम विष्टले शीर्ष स्थान हात पारे । उनले दुई मिनेट ०२.७ सेकेन्डमा निर्धारित दूरी पार गरे । कर्णालीका धीरेन्द्र विक दोस्रो तथा लुम्बिनीका आयुश थारु तेस्रो बने ।
छात्र लङजम्पमा गण्डकीका प्रदीप महतोले ६.६० मिटर जम्प गर्दै पहिलो भए । सुदूरपश्चिमका विवेक चौधरी दोस्रो तथा बागमतीका दीपेन्द्र गिरी तेस्रो भए ।
सो स्पर्धाको छात्रामा बागमतीकी अनिशा थारुले स्वर्ण जितिन् । अनिशाले ५.१८ मिटर जम्प गरिन् । सुदूरपश्चिमकी पवित्रा चौधरीले रजत तथा सुदूरपश्चिमकै रेनुका ऐरले कास्य हात पारे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला