२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त र जीवनोपयोगी बनाउनुपर्ने बताए

३० जेष्ठ २०८२, बिहीबार १७:३९

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त र जीवनोपयोगी बनाउनुपर्ने बताएका छन् । बालुवाटारमा बिहीबार सम्पन्न काठमाडौँ विश्वविद्यालयसभाको ९९ औं बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले शिक्षामा आमूल परिवर्तनको आवश्यकता रहेको औंल्याउँदै यसमा भइरहेको असन्तुलित बजेट विनियोजनमा पुनर्विचार गर्नुपर्ने बताए। विशेषगरी मेडिकल स्वास्थ्य क्षेत्रमा धेरै बजेट विनियोजन भइरहेको र इन्जिनियरिङलगायत अन्य विषयमा बजेट कम भइरहेकोबारे पुनर्विचार गर्न जरुरी रहेको उनको भनाइ थियो। उनले शिक्षालाई आम जनताको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए।

प्रधानमन्त्री ओलीले भने, “हामीले एजुकेसनको सन्दर्भमा आमूल परिवर्तन गर्नुपर्नेछ। केही धेरै नमिलेका कुराहरू छन्। मेडिकल एजुकेसनमा ७५ प्रतिशत स्कलरसिप दिएका छौँ, र ४५ देखि ५० लाखको खर्च व्यहोर्ने। अब हामी थप गेटा खोल्दैछौँ। त्यहाँ फेरि विद्यार्थीको ७५ प्रतिशत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोटा बढाउँदैछौँ। अरू स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू खोल्दैछौँ। अरू विश्वविद्यालयहरू खोल्दैछौँ। त्यसो भएपछि स्वास्थ्य शिक्षामा खासगरी युजीमा हामीले दिने गरेका छौँ।”

उनले शिक्षामा भइरहेको असन्तुलित लगानीप्रति चिन्ता व्यक्त गर्दै भने, “धेरै असन्तुलित र एकतर्फ बजेट बेस्सरी खन्याउने र अर्कोतर्फ शिक्षा के भइरहेको छ भन्नेकुरामा बढी ध्यान नजाने कुरा भइरहेको छ, यसमा पुनर्विचार गर्नैपर्छ। कति सक्छौँ हामी? अरू इन्जिनियर पढ्नेलाई किन नदिने स्कलरसिप? अरू विधा पढ्नेलाई किन नदिने? डाक्टर मात्रै भएर समाज चल्छ र? डाक्टर मात्रैलाई सुविधाका साथ उत्पादन गर्ने अरू उत्पादन नगर्ने कुरा हुँदैन।”

ओलीले सबै शिक्षाले पनि कति प्राप्त गर्न सक्छन् भन्ने हेरेर आम जनताका छोराछोरीले पढाउन सकून् र त्यहाँ सुविधा पुर्‍याउन सकियोस् भन्ने कुरा आम जनताको पहुँचभित्र शिक्षा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए। उनले शिक्षालाई आधुनिक प्रविधिमैत्री र जीवनोपयोगी बनाउनुपर्ने, बेरोजगार जन्माउने विगतको प्रवृत्ति सच्याउनुपर्ने र अनुत्पादक तथा बेरोजगार खालको जनशक्ति उत्पादन गर्नु नहुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ