२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाका अध्यक्ष कमल थापाले राजतन्त्र पुनर्स्थापनाको आन्दोलन जारी रहेको बताए

३० जेष्ठ २०८२, बिहीबार १७:४९

काठमाडौँ | राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनर्स्थापनाको आन्दोलन जारी रहेको बताएका छन्। राजा महेन्द्रको १०५ औँ जन्म जयन्तीको अवसरमा राप्रपा नेपालको राजनीतिक विभागले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘राष्ट्र निर्माणमा स्व. श्री ५ महेन्द्रको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले कतिपयलाई आन्दोलनको भविष्यको बारेमा चिन्ता, चासो र जिज्ञासा रहेको बताउँदै केही व्यक्ति विशेषले चाहँदैमा जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउने नसक्ने दाबी गरे। उनले आन्दोलन असफल भएको वा तुहिएको भन्ने नसोच्न समेत आग्रह गरे। अध्यक्ष थापाले केही कमी, कमजोरीहरू रहे पनि त्यसलाई सच्याउँदै नयाँ ढङ्गबाट आन्दोलनलाई अगाडी बढाउने र निर्णायक अवस्थामा पुर्याउनेतर्फ संयुक्त जनआन्दोलन समिति आगामी दिनमा सशक्त रूपले आउने जिकिर गरे।

जनआन्दोलन समितिमा रहेका दल र समूहहरू एकतावद्ध रहेको बताउँदै उक्त एकतालाई कसैले चाहेर पनि टुटाउन नसक्ने दाबी गरे। उनले भने, ‘कतिपय साथीहरूलाई आन्दोलनको भविष्यको बारेमा चिन्ता, चासो र जिज्ञासा छ। आन्दोलन अब असफल भएको हो कि, तुहिएको हो कि भन्ने चिन्ता रहेको हामीले पाएका छौँ। म बढो विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, केही व्यक्ति विशेषले चाहँदैमा, नचाहँदैमा अब यो जनताको परिवर्तनको चाहानालाई कसैले तुहाउन सक्दैन। आन्दोलन जारी छ।’

उनले केही कमीकमजोरीहरू रहेको भन्दै त्यसलाई सच्याउँदै नयाँ ढङ्गबाट आन्दोलनलाई अगाडी बढाउने र निर्णायक अवस्थामा पुर्‍याउनेतर्फ संयुक्त जनआन्दोलन समिति आगामी दिनमा सशक्त रूपले आउने दाबी गरे। उनले परिवर्तन चाहने राष्ट्रवादी, देशभक्त र प्रजातान्त्रिक शक्तिहरूलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ